eNepal

कोभिड-१९ बाट बच्न कस्तो मास्क प्रयोग गर्दा सुरक्षीत

एजेन्सी -कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग अनिवार्य मानिएको छ । भाइरस मुखसम्म पुगेर संक्रमण हुन नदिन मास्कको प्रयोग गर्नुपर्छ । कोभिड–१९ महामारीसँगै मास्कयुक्त विश्वको कल्पना गर्न थालिएको छ ।

– तर, संक्रमण फैलिन नदिन मास्क प्रयोग गरेर मात्र हुँदैन, गुणस्तरमा पनि ध्यान दिनुपर्छ । स्वास्थ्यविज्ञले मास्कलाई सुरक्षाका आधारमा वर्गीकरण गरेका छन् ।

– एन–९५ मास्क सबैभन्दा सुरक्षित मानिन्छ । तर, यो मास्क महँगो पर्छ । त्यसैले यो आमसर्वसाधारणले भन्दा स्वास्थ्यकर्मी र संक्रमणको उच्च जोखिममा रहने व्यक्तिले प्रयोग गर्छन् ।

– एन–९५ मास्कलाई लामो समय प्रयोग गर्न पनि सकिन्छ । तर, त्यसरी प्रयोग गर्दा अन्य प्रकारका संक्रमणको जोखिम पनि नभएको होइन ।

संक्रमण फैलिन नदिन मास्क प्रयोग गरेर मात्र हुँदैन, गुणस्तरमा पनि ध्यान दिनुपर्छ । स्वास्थ्यविज्ञले मास्कलाई सुरक्षाका आधारमा वर्गीकरण गरेका छन् ।

– त्यसैले चिकित्सकले सर्जिकल मास्क प्रयोगका लागि सर्वसाधारणलाई प्रेरित गरेका छन् । सस्तो र सहज उपलब्ध हुने भएकाले सर्जिकल मास्क संक्रमणबाट बच्ने अर्काे विकल्प हो ।

– कतिपय सर्जिकल मास्क सफा गरेर पुनः प्रयोग पनि गर्न मिल्छ । तर, सर्जिकल मास्कमा दुई पत्र अनिवार्य हुनुपर्छ । एउटै मात्र तह भएको मास्क भाइरस संक्रमण रोक्न प्रभावकारी मानिदैन ।

– अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले संक्रमण नियन्त्रणका लागि अनिवार्य मुख छोपेर हिँड्न सुझाएको छ । अर्थात्, कपडाको मास्क पनि भाइरस रोक्न प्रभावकारी हुन्छ ।

– विज्ञहरूले मास्कको बाहिरी भाग कडा हुनुपर्ने बताएका छन् । अर्थात्, भाइरस मुखमा पस्नबाट बचाउने खालको मास्क मात्र सुरक्षित हुने उनीहरूको सुझाब छ ।

– मास्क प्रयोग गर्नुअघि र खोलिसकेपछि अनिवार्य साबुनपानी वा सेनिटाइजरले हात सफा गर्नुपर्छ । मास्क नाक, मुख छोपिने गरी लगाउनुपर्छ । बीचबीचमा मास्क छुने, निकाल्ने, लगाउने गर्नु हुँदैन ।

– व्यावसायिक हिसाबले उपलब्ध मास्क प्लास्टिकको तहबाट बनेका हुन्छन् । र, एकचोटि मात्रै प्रयोग गर्न मिल्ने खालका छन् । त्यस्ता मास्कले पर्यावरणमा प्रदूषण गराउने वातावरणविद्हरूको भनाइ छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal