eNepal

बेसार र दुध मिलाएर खादा के फाइदा छ जानिराखौ

एजेन्सी -बेसारको प्रयोगबाट मानवशरीरमा औषधिय फाइदा छ ।हाम्रो पुर्खाहरुले बेसारको प्रयोग तेसै गरेका होइन रहेछ ।हाम्रो चुलो चौकोमा दिनहुँ प्रयोगमा आउने बेसारमा अकुच औषधिय गुण हुन्छ ।दूध पनि पोषिक तत्व भएको तरल पदार्थ हो ।जस्मा मानिसको लागि चाहिने विभिन्न पौस्टिक तत्व पाइन्छ ।यी दुबै मिलाएर खाना सकेमा शरीरमा धेरै फाइदा हुन्छ ।तर, दुध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ । बिगतमा चिसो लाग्दा दुधमा बेसार मिसाएर पिइन्थ्यो । तर, यसले शरीरको चिसो मात्र हटाउने काम मात्र गर्दैन, अरु धेरै फाइदा गर्छ ।

कसरी पिउने ?

बेसार शुद्ध र मिसावट नभएको हुनुपर्छ । साथै, दुध पनि ताजा र जैविक हुनुपर्छ । सकेसम्म प्याकेटको दुध पिउनुहुन्न । दुध उमालेपछि तर निकाल्नु पर्छ । त्यसमा एक चिया चम्चा बेसार मिसाएर पिउन सकिन्छ । दुधलाई तातो अवस्थामा पिउनु राम्रो मानिन्छ ।

कहिले पिउने ?

कुनैपनि खानेकुरा कुन समय खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । जस्तो दही स्वास्थ्यका लागि राम्रो हो तर, राती सुत्नुअघि दहीको सेवन प्रत्युत्पादक हुन्छ । ठीक यसैगरी दुधको सेवन चाहि राती सुत्नुअघि गर्न सकिन्छ । बेसार मिश्रण गरिएको दुध राती पिउनु लाभदायक मानिन्छ ।

कलेजको बिषाक्त पदार्थ हटाउँछ

दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ ।

पाचन यन्त्र चुस्त राख्छ

दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ । तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।

हड्डी बलियो बनाउँछ

बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ ।

क्यान्सरसँग लड्ने क्षमता

बेसारमा करक्यूमिन रहेको हुन्छ । यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।

राम्रो निन्द्रा लाग्छ

यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ ।

अल्सरमा उपयोगी

दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ । अल्सर, डाइरिया र अपच हुन दिदैन ।

महिनावरीमा हुने दुखाईबाट छुटकारा

बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal