साविक विजेता बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जितेको छ।
मंगलबारको खेलमा १० खेलाडीमा समेटिएको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १–० को जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । लिगकोदुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो । वेर्डरविरुद्ध बायर्नको जितमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गरेको गोलनै निर्णायक सावित भयो ।

