eNepal

फलफूलको राजा आँप ,खादा के फाइदा छन जानिराखौ

आँपलाइ फलफूलको राजा पनि भनिन्छ ,यतिबेला आँपको सिजन सुरु भएको छ के के फाइदा छन जानिराखौ ।

मधुमेहीका लागि उपयोगीः मधुमेहका रोगीले जे पायो त्यहीँ फलफूल तथा खानेकुरा खानु हानिकारक हुन्छ । तर ठिक्क मात्रामा आँप सेवन गर्दा मधुमेहीलाई बेफाइदा गर्दैन । आँपको सेवनले मधुमेहीको रगतमा चिनीको मात्रा बढाउँदैन । आँपमा ग्याइकेमिक इन्डेक्स अर्थात रगतमा चिनीको मात्रा बढाउने तह निकै कम हुने भएकाले मधुमेहका रोगीले आँप खानु राम्रो हुन्छ।

पाचन प्रक्रियामा सहयोगः आँपमा विभिन्न इन्जाइमहरु पाइन्छ जसले प्रोटिनको सश्लेषणमा सघाउ पुर्याउँछ । त्यसकारण साँझ बिहानको खानापछि आँप खाइयो भने सजिलै खाना पच्दछ । यसका साथै आँपमा पाइने फाइबर, भिटामिन, मिनिरल्सहरुले समेत शरीरको पाचन प्रक्रियामा सहयोग गर्छ ।

यौनबर्धकः धेरैलाई थाहा नहुन सक्छ कि आँप यौनबर्धक फल पनि हो । आँपको नियमित सेवनले शरीरमा यौन क्षमतामा वृद्धि गर्छ । आँपमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ जुन हल्का यौनबर्धक तत्व हो । आँपमा एस्ट्रोजेन हर्मोन जस्तै एक यौगिक पाइन्छ । त्यसैले आँपको नियमित सेवनले महिला र पुरुष दुवैमा यौन क्षमतामा वृद्धि गर्छ ।

आँखाको दृष्टिमा सुधारः आँपको नियमित सेवन आँखाको दृष्टिलाई राम्रो बनाउन र आँखालाई स्वस्थ राख्न सहयोगी हुन्छ । आँपमा प्रसस्त मात्रामा भिटामिन ए पाइन्छ । तसर्थ आँपले रतन्धो तथा आँखा सुख्खा हुने रोगबाट समेत जोगाउन मद्दत गर्छ । दैनिक एउटा आँपको सेवनले शरीरलाई चाहिने भिटामिन ए को एक चौथाइ मात्रा पूरा गर्छ ।

कोलेस्टेरोलको मात्रा घटाउँछः आँपमा फाइबर, भिटामिन सी तथा पेक्टिन जस्ता तत्व पाइन्छ । यसले सरीरमा हानिकारक कोलेस्टेरोल मानिने कम घनत्वयुक्त लिपोप्रोटिनलाई घटाउन मद्दत गर्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal