eNepal

ग्यास्टिक भो आतिनु पर्दैन, घरको भान्सामा पाइने यी चिज प्रयोग गरे निको हुन्छ

ग्यास्टिक रोग आम नेपालीको साझा समस्या हो । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरी दुख्ने समस्याले सताउँछ । यसैगरी पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, वायु बढ्ने आदि
ग्यास्टिकका मुख्य लक्षण हुन् ।

बच्ने उपाय

बेसारको पात : बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाएर दिनहुँ पिउन सकिन्छ । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

अम्बाको पात : एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमालेर दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

आलुको जुस : आलुलाई सफा गरेर बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।

अदुवा : ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

बेकिङ सोडा : बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्छ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा मिसाई दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

दालचिनी : तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु राम्रो हुन्छ । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मद्धत गर्छ ।
हिंग : हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।

जिरा बीउ: एक ग्लास तातो पानीमा एक चम्चा जिरा बीउ राखेर उमाल्ने र केही समयसम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।

लसुन : २ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिस्ने, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमालेर नियमित सेवन गर्ने ।

सौंप : सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाएपछि खानुहोस् ।

पुदिना : एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर गर्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal