eNepal

बार्सिलोनाको सानदार जित मेसिले गरे अन्तिम गोल:-

काठमाडौं, असार

कोरोना भाइरस छिचोल्दै तीन महिनापछि सुचारु भएको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो खेलमा शानदार जितनिकोलेको नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न खेलमा लिग लिडर बार्सिलोनाले १८औं स्थानको मालोर्कालाई लेहरायो मालोर्कालाई उसकै घरमा हराउनेक्रममा बार्सिलोनाका लागि अर्टुरो भिडाल, नयाँ खेलाडी मार्थिन ब्रेथवेट, जोर्डी अल्बा कप्तानलिओनल मेस्सीले गोल गरे मेस्सीले ९६ दिनपछि मैदान फर्किएको पहिलो खेलमा गोल गर्दै गोलमा असिस्ट गरे मेस्सी खेलकोम्यान् अफ् म्याच पनि बने

अवे मैदानमा बार्सिलोनाले खेल सुरु भएको ६५ सेकेन्डमै सुरुआती अग्रता लिएको थियो लामो दूरीबाट डिफेन्डर जोर्डी अल्बाले दिएकोआकासे पासमा चिलियन मिडफिल्डर अर्टुरो भिडालले बक्स भित्रबाट सुन्दर हेडिङ प्रहारमा गोल गरेर घरेलु टोलीलाई सुरुआतमै झट्कादिएका थिए बार्सिलोनाले पहिलो मुभमै गोल गरेर राम्रो सुरुआत गरेको थियो

सो गोलपछि मालोर्काले उत्कृष्ट प्रदर्शन गर्दै पटकपटक गोलका लागि आक्रमण बुनेको थियो खेलको २३औं मिनेटमा उसले एकअवसर गुमायो भने ३२औं मिनेटमा लोनमा खेलिरहेका युवा खेलाडी ताकेफुसा कुबोेको सुन्दर फ्रि किक प्रहारलाई बार्सिलोनाकागोलरक्षकले कठिन गरी बचाएका थिए

लगत्तै पहिलो हाफमै बार्सिलोनाले अग्रता दोब्बर बनायो ३७औं मिनेटमा बार्सिलोनाका नयाँ खेलाडी मार्टिन ब्रेथवेटले सुन्दर गोल गरेरअग्रता बनाए सो गोलमा मेस्सीले असिस्ट गरेका थिए बार्सिलोनाका लागि ब्रेथवेटको पहिलो गोल थियो डेनिस खेलाडीब्रेथवेट गत जनवरी विन्डोपछि आकस्मिक अनुबन्धका रूपमा बार्सिलोना पुगेका थिए

पहिलो हाफमा गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप गोल हान्यो सो खेल खेलको ७९औं मिनेटमा जोर्डी अल्बाले गरेका थिए तेस्रो गोलमा पनि कप्तान मेस्सीले नै असिस्ट प्रदान गरेका थिए त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा मेस्सीले विपक्षीखेलाडीलाई छलाउँदै थोरै उचाइबाट हानेको कडा प्रहारले जाली चुमेपछि खेल बार्सिलोनाले ले जित्यो मेस्सीको गोलमा फरवार्डलुइस स्वारेजले असिस्ट गरेका थिए स्वारेज लामो समय चोटबाट गुज्रिएर हालै मात्र चोटमुक्त हुँदै मैदान फर्किएका हुन्

अब यो जितसँगै बार्सिलोनाले लिगको २८औं चरणको खेलपछि ६१ अंक जोडेको उसले एक खेल कम खेलेको रियल मड्रिडलाई अंकले पछि छाडेको २७ खेल खेलेको रियलको खातामा ५६ अंक रियलले भोलि आफ्नो खेल खेल्दैछ यता, बार्सिलोनासँगपराजित मालोर्का २५ अंकसहित १८औं स्थानमा यथावत

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal