एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले आफ्ना स्टार खेलाडीद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजमलोर्काविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् ।
शीर्षस्थानमा रहेको बार्सिलोनाले कोरोना कहरपछि सुचारु हुन लागेको स्पेनिस ला लिगामा १३ जुनमा मलोर्काको भ्रमण गर्दैछ ।प्रशिक्षण दौरान मांशपेशीमा समस्या देखिएपछि मेस्सी केही समय प्रशिक्षण मैदान बाहिर रहेका थिए । तर, गत सोमबारदेखि नै मेस्सीटिमसँगको पूर्ण प्रशिक्षणमा फर्किसकेका छन् । सुआरेज घुँडाको शल्यक्रियापछि गत जनवरी देखि नै मैदान बाहिर रहेका थिए ।
‘हामीलाई कुनै शंका छैन । मलोर्काविरुद्धको खेलका लागि मेस्सी पुर्ण रुपमा तयार छन् । प्रशिक्षण दौरान सामान्य समस्या देखिएपछिकेही समय मैदान बाहिर रहेपनि उनी टिमसँगको प्रशिक्षणमा जोडिइसकेका छन्,’ प्रशिक्षक सेटिनले भने, ‘अर्का खेलाडी लुइस सुआरेजपनि मलोर्काविरुद्धको खेलका लागि तयार छन् । तर, उनले पुरै समय खेल्न सक्ने नसक्ने भन्न सकिने अवस्था छैन ।’
सेटिनको प्रशिक्षणमा सुआरेजले पहिलोपटक खेल्नेछन् । ‘उनी फरक क्षमताका खेलाडी हुन् । उनी निकै चतुर र क्रियाशिल छन् ।टिमलाई उनको आवश्यकता छ । उनको आगमनले टोलीमा सकरात्मक प्रभाव पार्नेछ,’ सेटिनले भने ।
३५ दिनमा ला लिगाको ११ चरणको खेल खेल्ने तालिका हुदा सेटिनले खेलाडीको फिटनेसले नै उपाधिमा महत्वपुर्ण भुमिका खेल्न सक्नेबताएका छन् । ‘यि खेलाडीले सातामा दुईपटक खेल्ने बानी छ । अब सातामा तीनपटक खेल्न बानी पार्नुपर्दछ । उनीहरुको फिटनेसकस्तो हुन्छ भनेर हामीले नियाल्नुपर्दछ,’ प्रशिक्षक सेटिनले भने ।

