एजेन्सी, जेठ २९
कोरोना भाइरसका कारण स्थगित युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनल चरणदेखिका सबै खेल पोर्चुगलमाआयोजना हुने सम्भावना बढेको छ । यसैअनुसार युइएफएले आन्तरकि तयारी थालेको छ । पछिल्लो समय युइएफएले यो सिजनकाबाँकी खेल आयोजना गर्न सबै हिसाबले उपयुक्त स्थानको खोजी गर्नेक्रममा स्पेन र पोर्चुगललाई सम्भावित विकल्पमा राखेको छ ।
त्यसमा पनि रंगशाला, खेलाडीका लागि आवास सुविधा, मौसमलगायत हिसाबले पनि पोर्चुगल नै सबैभन्दा उचित हुने निचोडसाथअन्तिम आठदेखि बाँकी खेल खेलाउने त्यही खेलाउन तयारी थालिएको छ । प्रतियोगिता पोर्चुगलको लिस्बोन सहरमा आयोजना हुनेछ ।हाल च्याम्पियन्स लिगमा अन्तिम १६ का चार खेल बाँकी छन् । यी चरणका खेलपछि अन्तिम आठका खेल एक रंगशाला र सेमिफाइनलतथा फाइनल खेल अर्को रंगशालामा खेलाउने तयारी छ ।
पूर्वघोषित कार्यक्रमअनुसार यसपटक यसपटक फाइनल खेल टर्कीको इस्तानबुल सहरमा आयोजना हुने तयारी थियो । तर, कोरोनाकारण आयोजक सहरलाई प्रतियोगिता व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने भएपछि युइएफएले खेल भेन्यु नै सार्न लागेको हो । उता, पोल्यान्डमा मे २७ का लागि तोकिएको युरोपा लिगको फाइनल खेल हुने स्थान पनि सर्नेछ ।
अहिले च्याम्पियन्स लिगमा अन्तिम आठदेखिका खेल सिंगल लेग वा सधैंझैं डबल लेग अवधारणा गर्ने भन्ने विषयमा पनि निर्णय हुनसकेको छैन । समय अभाव र अन्य जोखिमले गर्दा यसपटक क्वार्टरफाइनल र सेमिफाइनलका खेल सिंगल लेग अवधारणामा खेलाउनेसम्भावना पनि छ ।
युइएफएले तयारी गरेको नयाँ तालिकाअनुसार स्थगित सिजन अगस्ट पहिलो साताबाट सुरु गरेर फाइनल खेल अगस्ट २३ र युरोपालिगको फाइनल अगस्ट २१ मा आयोजना गने तयारी छ । युइएफएले पोर्चुगलको लिस्बोनमा रहेका दुई ठूला रंगशाला ठूला प्रतियोगिताआयोजना गर्न सक्षम रहेकाले पोर्चुगलाई नै विशेष रूपमा हेरिएको छ । अन्य व्यावस्थापकीय दृष्टिले पनि पोर्चुगल सुविधाजनक हुनेबुझाइ छ ।

