एजेन्सी – पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेनिस महारथी रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियनयुभेन्टस पुगेको झन्डै २ वर्ष पुग्न लागेको छ ।
रियल म्याड्रिडमा रोनाल्डोले निकै सफलता हासिल गरेका थिए । रियलकै जर्सीमा लगातार तीन पटकसहित कुल ४ पटक च्याम्पियन्सलिग उपाधि जितेका रोनाल्डोले दुर्लभ इतिहास रचे । व्यक्तिगत उपाधिका हिसाबले रोनाल्डोले रियल म्याड्रिडमा सफल समय बिताए ।तर युभेन्टसमा आएपछि भने व्यक्तिगत उपाधिमा केहि कमी आएको छ ।
रोनाल्डोले व्यक्तिगत उपाधिका रुपमा युभेन्टस पुगेपछि एक मात्रर सफलता हात परेका छन् । उनी गत सिजन लिगकै सर्वोत्कृष्ट खेलाडीघोषित भएका थिए । उनले युभेन्टसलाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर रोनाल्डोको स्तर अनुसारभने उनीबाट थप अपेक्षा गरिएको थियो ।
ब्यालोन डी’ओर

रोनाल्डोले रियल म्याड्रिड छाडेपनि सन् २०१८ मा विश्व फुटबलको प्रतिष्ठित ब्यालोन डी’ओरले रियल छाडेन । मिडफिल्डर लुकामोड्रीचले फिफा विश्वकपका साथै च्याम्पियन्स लिगमा गरेको प्रदर्शनलाई आधार मान्दै उपाधि जिते । सन् २०१९ मा बार्सिलोना कप्तानलिओनेल मेस्सीले उपाधि जिते । यस जितसँगै उनले कुल उपाधि संख्या ६ बनाउँदै रोनाल्डोलाई पनि उछिने ।
फिफाको द बेस्ट

ब्यालोन डी’ओर जस्तै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने द बेस्ट अवार्डमा पनि मोड्रीच र मेस्सीले रोनाल्डोलाई पछिपारे । सन् २०१९ मा त रोनाल्डोले दोस्रो स्थान पनि हासिल गर्न सकेनन् । मेस्सीले उपाधि उचाल्दा लिभरपुलका डिफेन्डर भर्जिल भानडाइक दोस्रा भएका थिए ।
युरोपेली गोल्डेन बुट

रियल म्याड्रिडमा रहँदा रोनाल्डोले दुई पटक युरोपेली गोल्डेन बुटमा कब्जा जमाएका थिए । सन् २०१३–१४ र २०१४–१५ को सिजनमारोनाल्डोले युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारे । पछिल्लो तीन सिजन बार्सिलोनाका मेस्सीले नै यस उपाधिमा वर्चस्वजमाएका छन् ।
यस सिजन रोनाल्डोले गोल्डेन बुट जित्ने सम्भावना निकै कम छ । पाँचौ स्थानमा रहेका रोनाल्डोले २१ गोल गर्दै जम्मा ४२ अंक जोडेकाछन् भने रोबर्ट लेवान्डोस्की २९ गोल (५८ अंक) सहित शीर्ष स्थानमा रहेका छन् । इटालियन लिगमा नै रोनाल्डोलाई लाजियोका चिरोइम्मोबिलेले पछाडी पारेका छन् ।
च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता

च्याम्पियन्स लिगमा हालसम्मको गोल संख्या हेर्ने हो भने रोनाल्डो मेस्सीभन्दा १४ गोलले अगाडी छन् । रोनाल्डोले १ सय २८ गोल गर्दामेस्सीले १ सय १४ गोलसहित पछ्याइरहेका छन् । गत सिजन भने रोनाल्डो मेस्सीभन्दा निकै पछाडी थिए । रोनाल्डोले गत सिजन मात्र ६गोल गर्दा मेस्सीले त्यसको दोब्बर गोल गरे ।
रियल छोड्नुअघि रोनाल्डोले ७ पटक सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए । त्यसमध्य ६ पटक रियल र १ पटक म्यान्चेस्टरयुनाइटेडको जर्सीमा उपलब्धि हासिल गरेका थिए । यस सिजन प्रि–क्वाटरफाइनलको दोस्रो लेग बाँकी रहँदा युभेन्टस लियोनसँग १–० लेपछाडी छ । रोनाल्डोले यस सिजन दुई गोल मात्र गरेका छन् र सर्वाधिक गोलकर्ता बन्ने सम्भावना निकै न्यून छ ।
यूईएफए प्लेयर अफ द इयर

रोनाल्डोले रियल म्याड्रिडमा रहँदा तीन पटक यस उपाधि जितेका थिए । सन् २०१४, २०१६ र २०१७ मा रोनाल्डोले च्याम्पियन्स लिग रयुरोमा गरेको प्रदर्शनको आधारमा यो सफलता प्राप्त गरे । तर उनी रियल छोडेपछि मोड्रीच र भान डाइकले सफलता हासिल गरे ।
लिगको गोल्डेन बुट

ला लिगामा रहँदा रोनाल्डोले तीन सिजन लिगको सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुट हात पारेका थिए । गत सिजन रोनाल्डोफाबियो क्वाग्लीआरेल्लाभन्दा पछाडी रहेका थिए । क्वाग्लीआरेल्लाले २६ गोल गर्दा रोनाल्डोले २१ गोल गरेका थिए । यस सिजनरोनाल्डोले अहिले नै २१ गोल गरेपनि इम्मोबिलेले २७ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा अधिपत्य जमाएका छन् ।

