eNepal

अन्तत् खाली रंगशालामा आज राति बाट ला-लिगा सुचारु हुदै आज सेभिल्ला र बेटिसको भिडन्त हुदै:-

काठमाडौं,

कोरोना भाइरसका कारण स्थगित स्पेनको शीर्ष फुटबल लिग ला लिगा महिनाभन्दा लामो समयपछि आजदेखि सुचारु हुँदैछ कोरोनाअघि लिगमा अन्तिम खेल भएपछि ठीक ९२ दिनपछि ला लिगा फर्किंदा पहिलो खेलमा सेभिल्लाका दुई क्लब सेभिल्ला रियलबेटिसको भिडन्त हुनेछ यसै खेलसँगै स्पेनमा फुटबल फर्किनेछ

यसअघि युरोपका टप लिगमा फ्रेन्च लिग वान रद्द भइसकेको भने जर्मन लिग बुन्डेसलिगा सुचारु भइसकेको प्रिमियर लिग, सिरी पनि सुचारु गर्न खेल तालिका सार्वजनिक भइसकेको दुई साताअघिकै घोषणाअनुसार ला लिगा आज रातिबाट सुचारु हुनलागेको हो

ला लिगामा हाल २७औं साताका खेल सकिएका छन् लिगका अन्तिम ११ चरणका खेल बाँकी छँदा बार्सिलोना ५८ अंकसहित शीर्षस्थानमा रहेको भने रियल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा रहेको सेभिल्ला ४७ अंकसहित तेस्रो स्थानमा रहँदा ४६ अंकभएको रियल सोसिडाड चौथो स्थानमा ४६ नै अंक भएको गेटाफे पाँचौं स्थानमा रहँदा ४५ अंक भएको एथ्लेटिको मड्रिड छैटौंस्थानमा

सेभिल्ला बेटिसको खेल नेपाली समयअनुसार शुक्रबार बिहान राति १ः४५ बजेबाट सुरु हुनेछ खेल सेभिल्लाको घरेलु मैदानमा हुनेछ हाल अंक तालिकामा सेभिल्ला तेस्रो स्थानमा रहँदा बेटिस ३३ अंकसहित १२औं स्थानमा रहेको शीर्ष चारको दौडमा यथावत रहनसेभिल्लाका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ

कोरोनाका कारण स्पेनिस सरकारले लकडाउनका सबै नियम पालना गर्दै लिग सुचारु गर्न आदेश जारी गरेको सोक्रममा खेलाडी, प्रशिक्षक, अन्य कर्मचारी सबैले कडा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ अहिले सबै खेल खाली रंगशालामा दर्शकबिनै हुनेछन्

तर, ला लिगाले खेलको रोमाञ्चकता मर्न नदिन भन्दै रंगशालामा कृत्रिम दर्शकको व्यवस्था गरेको अर्थात्, रंगशालामा दर्शक नभएपनि विभिन्न प्रविधि जोडेर नक्कली दर्शकको उपस्थिति गराइनेछ रंगशालामा अन्य बेला दर्शक भएकै बेला जस्तो हुटिङ, ब्यानर, झन्डाको व्यवस्था गरिनेछ रंगशालामा प्रविधि जोडेर दुई टोलीबीच अघिल्लोपटक खेल हुँदाकोसाउन्ड प्लेगरिनेछ, जसका कारणखेलाडीले रंगशालामा दर्शक भएको सधैंकै जस्तो अनुभूति गर्नेछन्

उता, यस्तो प्रविधिको जडानबाट टिभी तथा अनलाइनबाट खेल हेर्ने दर्शकले पनि रंगशालामा सधैंको जस्तो रौनक उत्साह अनभूत गर्नपाउनेछन् लिगले स्पनेमा ला लिगा प्रशारण अधिकार पाएको टिभीसँग मिलेर यस्तो प्राविधिक व्यवस्था गरेको हो

आज एक खेल भएपछि अन्य खेल भने अर्को दिन मात्रै हुनेछ जसमा बार्सिलोनाले कोरोनापछिको पहिलो खेल जुन १४ मा अवे मैदानमामालोर्सासँग खेल्नेछ भने रियल मड्रिडले आफ्नो घरमा एइबारसँग खेल्नेछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal