eNepal

१७ र २२ जुन गरेर दुई पटक अस्ट्रेलीयाबाट नेपाल एयरलाईन्सले नेपाली लैजादै

कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ ।

विदेशमा रहेका नेपालीहरुलाई नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्ने भएको छ। 

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार तत्कालका लागि नेपाल एयरलाइन्सको २४ र हिमालय एयरलाइन्सको १९ उडान हुनेछन् भने २४ वटा विदेशी उडान पनि हुने उल्लेख गरिएको छ ।

यी सबै उडान हुँदा करिब ११–१२ हजार नेपालीहरु फर्किने छन् । 

१७ र २२ जुन गरेर दुई पटक अष्ट्रेलियाबाट नेपाल जान खोजेका नेपालीहरुलाई नेपाल एयरलाईन्स मार्फत नेपाल लाने तयारी भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत “कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार यस राजदूतावासले यही मिति २०७७।०३।०३ (१७ जुन २०२०) बुधबारका दिन पहिलो र मिति २०७७।०३।०८ (२२ जुन २०२०) सोमबारका दिन दोस्रो चार्टड उडानको व्यवस्था गरेको छ । तथापि यात्रुको उपलब्धता तथा अन्य प्रतिकुल कारणहरुबाट उक्त उडान तालिकामा परिवर्तन हुन सक्नेछ र 85 % Occupancy भएमा मात्र चार्टड उडान हुने बताएको छ।

राजदूतावासको सूचनाअनुसार ०२ जुन २०२० सम्म नेपाल फर्कने फाराम भर्नुभएका नेपाली नागरिकहरुमध्ये नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा प्रथम र दोस्रो सूचीमा पर्नुभएका व्यक्तिहरुलाई टिकट खरिद प्रक्रियाका सम्बन्धमा यस राजदूतावासबाट छिट्टै सम्पर्क गर्ने छ । 

नेपाल फर्कने यात्रुहरुले PCR वा RDT test negative रहेको प्रमाण पेश गर्नु पर्नेछ ।यस्तो परीक्षण दूतावासले जानकारी गराएपश्चात मात्र गर्नुहुन समेत अनुरोध गरेको छ साथै यात्रुहरु नेपाल पुगेपछि नेपाल सरकारको नियमानुसार क्वारेन्टिनमा बस्नुपर्नेछ । 

अस्ट्रेलीयामा करिब १३०० नेपालीले नेपाल जान पाउँ भनि राजदूतावासमा आवेदन दिएका छन्। 

नेपाल एयर लाईन्सको बिमान अस्ट्रेलीया नेपालमा रहेका अस्ट्रेलीयन, न्यजिल्याण्डका नागरिक र पिआर होल्डरलाई लिएर तिन पटक ब्रिसबेन, सिड्नी र क्यानबेरा आई सकेको छ। तेस्रो फ्लाईटमा भने सुटुक्क ११ जनालाई लिएर गएको समाचार आएको थियो तर यो बिषयमा कुनै आधिकारीक सँस्थाबाट बिज्ञप्ती आई सकेको छैन। सामाजिक सन्जालमा यो बिषयलाई लिएर चर्को बहस भई रहेको छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal