eNepal

कोरोनाले मानिसको व्यवहार ,जिबनशैली र आचरण परिवर्तन ल्याउने छ ,के परिवर्तन ल्याउनेछ जानिराखौ

कोरोनाभाइरसका कारण सम्पूर्ण विश्वको रुपरेखा बदलिएको छ। कोरोना महामारीको प्रभाव प्रत्येक व्यक्तिमा परेको छ।

लामो समयको अन्तरालपछि केही देशले लकडाउन खुुकुुलो पारिरहेका छन्। कोरोनाको प्रभावले विश्वमा पहिलेदेखि चलिआएको बानी व्यहोरा, मानिसको जीवनशैली र दैनिक क्रियाकलापमा व्यापक परिवर्तन आउने देखिएको छ। यसको सुुरुआत विश्वका केही देशहरुमा देखिएको छ। आउनुुस् जानौँ कोरोनाले कुुन–कुुन क्षेत्रमा परिवर्तन ल्याउने छ त ?

अनिवार्य पोसाक मास्क

अब देखि अरु अनिवार्य पोसाक जस्तो मास्क पनि अनिवार्य पोसाक भित्र पर्ने छ ।मानिसले खुल्ला भएर आफ्नो अनुहार देखाएर हिड्ने चलन घट्ने छ ।थप अनिवार्य पोसाकको रूपमा मास्क थपिएको छ । आमनागरिक अनुहारमा मास्क देखिने छ ।

सेनिटाइजर को प्रयोग

अब देखि आमनागरिकको थप प्रयोग गर्ने बस्तुका रूपमा सेनिटाइजर थपिएको छ ।दैनिक प्रयोग गर्ने साबुन जस्तै यो पनि अनिवार्य बस्तुको रुपमा प्रयोगमा आउने छ ।

अकमाल होइन नमस्कार

अब मानिसको आत्मियता पर्कट गर्ने माध्यम अकमालमा कमि आउने छ ।सकेसम्म टाढाबाटै नमस्कार वा अभिबादन को सस्कार वृद्धि हुने देखिन्छ ।

कक्षाकोठा

विभिन्न देशमा समाजिक दूरीको नियम पालना गरी प्राथमिक स्कुुलहरु खोलिएका छन्। जुुन शिक्षक र विद्यार्थीका लागि एउटा परीक्षाका रुपमा रहेको छ। कक्षाकोठाहरु बदलिएका छन् र अभिभावकहरु आफ्ना बालबालिकाको स्वास्थ्यलाई लिएर चिन्तित छन् ।

पार्क

याद गर्नुुस् त ती पल जबहरु तपाइँ पार्कमा स्वतन्त्र भएर मानिसहरुबीच रमाउनुुहुुन्थयो। तर अब लकडाउनपछि यो सबै दृश्यहरु फरक देखिनेछन्। विश्वका देशहरुमा खेलकुुद गतिविधिहरु ठप्प भएका छन् भने केही हरियाली क्षेत्रहरु भने खुुला गरिएका छन्। ता कि पछि सामाजिक दूरीको नियमलाई पालना गर्न सकियोस्।

कामकाज

लकडाउनका क्रममा धेरैजसो मानिसहरु घरबाटै कार्यालयका काम गरिरहेका छन्। आफ्ना सहकर्मीसँग भिडियो कलमार्फत जोडिरहेका छन्। तर जब सबै कुुरा पहिलेको जस्तै गरी सुुरु हुुन्छ तब कार्यालयका कक्षहरु पनि परिवर्तन हुुनेछन्।

खरिदबिक्री

कोरोनाको प्रभावका कारण उपभोक्ताको खरिद गर्ने बानीमा पनि परिवर्तन आएको देखिएको छ। यतिबेला अनलाइन खरिद बिक्रीमा व्यापक वृद्धि भएको छ। त्यस्तै सुुपरमार्केटहरुमा सामाजिक दूरीको नियम पालना गरी सामान खरिद गर्नेहरुको लामो लाइन देख्न सकिन्छ।

बाहिर गर्ने खानपिन

के हामी फेरि रेस्टुुराँमा गएर आफ्नो परिवार र साथीभाइसँग बसेर खानपिन गर्न सक्छौँ ? थाइल्यान्डको बैंककमा सामाजिक दूरी लागू गर्नका लागि कार्डबोर्ड र प्लास्टिक सिटको माध्यमबाट अलग गरिएको टेबलमा मानिसहरु खाना खाइरहेका छन्। कयाँै रेस्टुुराँहरुले सामाजिक दूरीको नियम लागू गर्न टेबल र प्लास्टिक सिटको माध्यमबाट विभाजन गरिरहेका छन्।

मनोरञ्जन स्थल

अहिले विश्व पहिलेजस्तो गरी नचलिरहेको छैन। तर यसको अर्थ यो होइन कि हामी पहिले जसरी मनोरञ्जन गर्ने गर्दथ्याँै फेरि गर्ने छैनौँ। जस्तो कि संगीत। लकडाउन समाप्त भएपछि मानिसहरु फेरि कन्सर्टमा जानेछन् तर यसमा पनि केही परिवर्तन देखिनेछन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal