eNepal

अस्ट्रेलीया आएको जहाजमा एघारजनालाई लगिएको प्रती प्रबासी नेपाली विद्यार्थी सङगठन अष्ट्रेलियाको ध्यानाकार्षण

९ जुनमा नेपालस्थित अष्ट्रेलियन राजदुतावासको पहलमा अष्ट्रेलियन र न्युजिल्यान्डका नागरिक साथै नेपाली पिआर होल्डर नागरिकलाई बोकेर A330 नेपाल एयरलाइन्सको जहाज नेपालबाट  क्वालालम्पुरको मार्ग हुँदै क्यान्बेरा आएको थियो ।उक्त जहाजमा २ सय ६० यात्रु आएका थिए ।जहाज नेपाल फर्किने क्रममा राजदुतावासमा अद्यावधिक गराएको नागरिक नेपाल जान पाइने आशाको पर्खाइमा थिए ।तर अन्तिममा नेपाल सरकारबाट प्राबिधिक कारण देखाउदै नागरिकलाई लान नसक्ने जानकारी गराएको  थियो । 

तर सुटुक्क केही बिरामी बाहेक नेपालबाटै शक्तिको दुरुपयोग गरि ११ जना नागरिकलाई लिएर सो जहाज नेपाल फर्केको छ ।

यसै सन्दर्भमा प्रबासी नेपाली विद्यार्थी सङगठन अष्ट्रेलियाले दूतावासलाई ध्यानाकर्षण गराएको छ ।दूतावासमा पुगि महामहिम राजदुत महेश दाहालसङ्ग भेटी यस्तो विषम परिस्थितिमा अष्ट्रेलियामा बसोबास गरिरहेका विद्यार्थी  तथा समस्यामा परेको नागरिकलाई नेपाल लैजान पहल नगरेको र उल्टै पावरको आधारमा सुटुक्क मान्छे पठाएको सम्बन्धि प्रवासी नेपाली विद्यार्थी सङगठनले घोर भर्सना गर्दै प्रेश बिज्ञप्ती जारी गरेको छ ।

उक्त बिज्ञप्तीमा लेखीएको छ हामीले बारम्बार यहाँ अलपत्र विद्यार्थीलाई स्वदेश लान राजदुतावासलाई जानकारी गराएको र  जहाजको भाडा तिरेर जान तयार भएको र नेपाल पुगेपछि सरकारले भने अनुसार नियम पालन गर्ने जानकारी गराउदै आएको तर  विमान आएको बेलामा नागरिक लैजाने कुरा हुँदाहुँदै पनि कुनै पहल नगरी एक्कासि प्राबिधिक कारण देखाउदै सुटुक्क ११ जना नागरिक बोकेर नेपाल गएको छ । 

आगामी दिनमा राजदुतावासले लैजान के पहल गर्दै छ  र थप यहाँ समस्यामा परेका विद्यार्थीको बारेमा के सोच्दैछ हामिले राजदुतावासलाई ध्यानाकर्षण गराएको छ।

प्रबासी नेपाली विद्यार्थी सङगठ्नले  सम्बन्धित नेतृत्व लिएका संयोजक र उपसंयोजकको पहलमा राजदुतावासलाई ध्यानाकर्षण गराएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal