नेपाल र अष्ट्रेलियाबिच सिधा हवाइ सम्झौता भएपनी नियमित उडान भर्न सकेको थिएन। तर लकडाउनको यस विषम परिस्थितिमा तीन पटक उडान भरिसकेको छ । पहिलो र दोस्रो पटक अष्ट्रेलिया आएको नेपाली ध्वजाबहाक विमान खाली स्वदेश फर्किएका थिए । दुइ दुइ पटक अष्ट्रेलिया आएको विमान रित्तै फर्किएपछि तेस्रो पटक चाहि जसरी पनि यहाँ फसिरहेका नेपालीको उद्दार गर्नुपर्ने माग तिब्र रुपमा उठेको थियो । तेस्रो पटक विमान आउदा कम्तिमा पनि २ सय ७० जनालाई उद्दार गर्ने तयारी गरेको अष्ट्रेलिया स्थित नेपाली दूतावासले जनाएको थियो। स्वदेश जाने पाउने आशमा अष्ट्रेलियामा फसिरहेका १४ सय नेपालीले स्वदेश फर्कनका लागि अनलाईन फारम भरेका थिए ।
तर, अन्तिम समयमा प्राविधिक कारण देखाउदै तेस्रो पटक पनि विमान रित्तै फर्किने क्यानवेरास्थित नेपाली दुतावासले जानकारी गराएको थियो । जून ९ तारिखमा काठमाडौबाट अष्ट्रेलियाको राजधानी क्यानवेरा आएको नेपाल एयरलाइन्स विमानले भने ११ जना नेपाली लिएर फर्किएको कुरा जानकारीमा आएको छ । एकातिर नेपाल स्थित अष्ट्रेलियालि दूतावासले स्वदेश फर्किने नेपालीले हवाई भाडा तिर्नुपर्ने सुचना जारी गरेको छ तर ११ नेपाली भने निशुल्कै फर्किएको जानकारी मा आएको छ ।
कोरानाका कारण अष्ट्रेलियाले सिमा बन्द गरेर लक डाउन गरेको थियो, जस्को कारण हवाई उडान बन्द भएपछि घुम्न,आफन्त भेट्न आएका , भिसा सिद्धीएका तथा समस्यामा परेका नेपालीहरु घर फर्कन नपाएर अप्ठ्यारोमा परेका थिए । उनीहरुले सुरु देखि नै स्वदेश फर्काइदिन दूतावास, गैरआवासिय नेपाली संघ, मिडिया र सामाजिक संघसंस्थासंग हारगुहार गर्दै आएका थिए । तर, तेस्रो पटक पनि ११ जना नेपालीलाई मात्रै सुटुक्क पठाएपछि समस्यामा परेका नेपालीहरु दुखित बनेका छन् । पटक पटक नेपालमा रहेका अष्ट्रेलियन नागरिक लिएर नेपालस्थिति अष्ट्रेलियाको राजदुतावास पहलमा आफ्ना नागरिकको जिम्मेवार लिएर स्वदेश आएको छ तर हाम्रो देशको राजदुतावास चाहिँ हबाइजहाज रित्तै उडान गर्दा पनि हामिलाइ स्वदेश लैजान पहल गर्दैन प्राबिधिक कारण देखाउछ तर पहुचको भरमा मान्छे लैजाने काम गर्छ । नेपाली दूतावासको काम के हो आफ्ना नागरिकको सहज ब्यबस्थापन गर्ने होइन ? पैसा तिर्न तयार छौं जहाज रित्तै नपठाउ हामिलाइ लिएर जाउ भन्दा कहिले प्राबिधिक कारण देखाउने कहिले पहुँचको आधारमा नेपाली लैजाने कारण के हो ?
स्रोतअनुसार ११ जना नेपाली फर्किनेमा केहि बिरामी नेपाली फर्केको जानकारी छ भने अरु पहुँचका आधारमा फर्केको जानकारी आएको छ। नेपाल फर्किनेमा पित्त थैलीको क्यान्सरबाट पीडित एक नेपाली युवा विशाल पौडेल र उनकी श्रीमति एलिशा अधिकारी छन् । त्यस्तै अष्ट्रेलियामा अलपत्र परेकी भनिएकी सुनिता परियारलाई पनि दुतावासले नेपाली फर्काएको छ । त्यस्तै गृहमन्त्रालयबाट तालिमका लागि अष्ट्रेलिया आएका दुइ कर्मचारी जितेन्द्र बलामी र जयकला राई पनि विमानमा फर्किएका छन् । यी दुइ कर्मचारीलाई काठमाडौस्थित अष्ट्रेलियाली दूतावासकै पहलमा फिर्ता पठाइएको स्रोतले जानकारी दियो ।
तर, अन्य ६ जना चाहिको थिए खुलेको छैन । विमान चढ्ने बेला क्यानबेरा विमानस्थलमा पुगेका दूतावासका कर्मचारीले दिएको जानकारी अनुसार ६ जना मध्ये ४ महिला, एक पुरुष र एक बालक छन् । उनीहरु छोराछोरी भेट्न आएका जस्तो देखिने ती कर्मचारीले जानकारी दिए । नेपाल फर्किने यी नेपालीको नाम पहिला दुतावासमा नआएको र उनीहरु सिधै विमानस्थल पुगेर जहाज चढेको स्रोतको भनाई छ।आखिर हामी यहाँ अलपत्र नागरिकलाई किन नेपाल लान चाहदैन यस्तो कठिन बेलामा राजदुतावासले समन्वय को भुमिका खेल्दैन भने किन चाहियो दूतावास भन्दै नेपाली आक्रोशित भएका छन । प्राबिधिक कारण देखाउने अनि पहुचको भरमा सुटुक्क अरुलाइ लिएर जाने कस्तो व्यबहार हो दूतावास को ?
कोहि नेपालमा आफन्त गुमाएर पनि काजकिरिया गर्न जान पाएका छैनन् कोहि आर्थिक समस्याले गर्दा यहाँ बस्ने बाताबरण नहुदा नेपाल फर्कन चाहाना हुँदा आफ्नो देशको ध्वजाबाहक एयरलाइन्स आउँदा पनि जान पाएका छैनन्। प्रवासमा आफ्नो नागरिकको जिम्मेवारी लिएको सँस्थाबाट आमनेपालीले के अपेक्षा गर्ने। उच्चस्तरीय संयन्त्रको सिफारिस भनेको के हो? राजदुताबासको अनुमति लिएर उड्नै पर्ने क्यान्सरपिडत दम्पति बाहेक अरू कसरी गए? लानै सकिने थियो भने सयौं नेपालीलाई त्यो संयन्त्रले आफ्नो नागरिक किन देखेन? रहरले कोही पनि जान खोजेका थिएनन्। सबैको केही न केही बाध्यता थियो। यो भेदभाब किन गरियो।जनता जान्न चाहान्छन्।
photo: Sk with lens

