राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज अष्ट्रेलियाको राजधानी क्यानबेरा क्या्बेराको समय अनुसार आज बिहानको ११:१५ मा अवतरण गरेको जानकारी क्यानबेरा हामीलाई क्यानबेराबाट चुडामणी सापकोटाले गराउनु भएको छ। यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो अपराह्न ४: ५५ बजेका लागि काठमाडौँ–क्यानबेरा उडान तय गरेको जहाजले क्वालालम्पुरमा केही बेर ईन्धन भर्नलाई बिश्राम गरेको थियो।
नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको जहाजले नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई अस्ट्रेलीया लिएर आएको हो।
यसअघि निगमको वाइड बडी जहाजले चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा र बैसाख २४ मा अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरी सकेको छ।
यो जहाज आजै क्यानबेराबाट खाली फर्किदै छ। नेपाली राजदुतावास, एनआरएनए लगाएतका बिभीन्न सँस्थाले फर्किदा नेपाल जान चाहाने आबस्यकिय व्यक्तिहरुलाई लैजान नेपाल सरकारसँग पहल गरि रहँदा नेपाल सरकारले टेक्नीकल कारण जनाउँदै यो चोटी नेपाल लैजान नसक्ने जनाएको थियो।नेपाल जानलाई राजदुताबासमा १३०० जनाले आवेदन भरेका थिए।

photo credit: S.K with lens

