eNepal

कस्ता ब्यक्ति आकर्षक हुन्छन् जानिराखौ

यहाँ आकर्षक भनेको अनुहारको सौन्दर्यलाई संकेत गरिएको होइन । कुनै कुनै व्यक्ति यस्ता हुन्छन्, जसलाई तपाईं फर्की–फर्की हेर्नुहुन्छ । उनको व्यक्तित्व, शारीरिक हाउभाउ, बोलीबचन सबैकुरा तपाईंलाई गजब लाग्छ । उनीहरुसँग भेटौं, बातचित गरौं भन्ने लाग्छ । अर्थात त्यस्तो व्यक्ति, जसमा एक किसिमको चुम्बकिय आकर्षण हुन्छ । आखिर उनीहरुमा त्यस्तो के गुण हुन्छ ?

आकर्षक व्यवहार

आकर्षक व्यक्ति उदार हृदय र आत्माको धनी हुन्छन् । सबैसँग प्रेम गर्छन् एवं दयाभाव प्रकट गर्छन् । अन्य व्यक्तिप्रति सहानुभूति राख्छन् । चाहे आफ्नो आमा होस्, वा साथी होस् वा त अपरिचित व्यक्ति नै किन नहोस् ।

कहिले पनि अशिष्ट देखिदैनन्, चाहे जतिसुकै खराब मुडमा किन नहोस् । आकर्षक व्यक्ति पूर्ण रुपमा आफ्नो जिन्दगीको आनन्द लिन्छन् । सबैप्रति प्रेमपूर्वक व्यवहार गर्छन् ।

सकारात्मम रवैया

आकर्षक व्यक्तिले आफ्नो जीवनलाई घतलाग्दो बनाएर राख्छन् । यसको अर्थ हो कि, ऊ सधै सकारात्मक र आशावादी हुन्छन् ।

हुन त आफ्नो जीवन खराब अवस्थामा गुज्रिरहेको छ भने बनावटी हुनुपर्छ भन्ने छैन । यद्यपी संभव भएसम्म सकारात्मक हुने, उत्साहित हुने प्रयास गर्नुपर्छ । यसले तपाईप्रति अरुको धारणा सकारात्मक बन्छ । तपाइमा जुन उत्साह देखिन्छ, त्यसले अरुलाई खुसी तुल्याउँछ ।

आकर्षक व्यक्तिले कहिलेपनि गलत आशा राख्दैन । तपाई जति धेरै राम्रो आकंक्षा राख्नुहुन्छ, तपाइको लागि त्यती नै राम्रो हुन्छ । उनीहरु कठिन परिस्थितीमा पनि आशावादी दृष्टि राखेर बाँच्छन् । अरुको सहयोग गर्छन् ।

उत्सुक एवं जिज्ञासु

उनीहरु संसारका हरेक कुरा जान्नका लागि इच्छुक रहन्छन् । यसको सुरुवात आफ्ना पिताको काखमा बसेकै बेला हुन्छ, जब उसले आफ्नो आँखा अगाडि कुनै बस्तु देख्छ, त्यसबारे जान्ने चाहना राख्छ ।

थोर–बहुत हाँसीमजाक गर्ने

उनीहरु सधै गंभिर वा होशियार मात्र देखिदैनन् । बेलामौकामा हाँसीमजाक गर्न पनि खप्पिस हुन्छन् । केही न केही गरेर अरुलाई हँसाउने, रमाइलो गराउने स्वभावका हुन्छन् ।

दयालु र इमान्दार

उनीहरु दयालु हुन्छन् । इमान्दार पनि । छलकपट गर्ने, धूत्र्याइ गर्ने प्रवृत्ति हुँदैन । यसले गर्दा पनि उनीहरु आकर्षक देखिन्छन् ।

खुसी

उनीहरु खुसी देखिन्छन् । सधै सकारात्मक, उत्साहित र उर्जावान देखिन्छन् । त्यही कारण पनि उनीहरु आकर्षक लाग्छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal