eNepal

कोरोन परिक्षणका लागि बनाउने सामग्री नेपाल पुग्यो:एनआरएन जापान

टोकियो गैरआवासीय नेपाली संघ जापानको पहलमा, सम्पूर्ण जापानवासी नेपालीहरुको सहयोगमा, कोरोना भाईरस परिक्षणकालागि अत्यावश्यक स्वाब निकाल्ने सुईरो बनाउने उपकरण नेपाल पठाईएको

केहिदिन अघि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले, गैरआवासीय नेपाली संघको संयोजनमा रहने गरि, सो उपकरण खरिदगर्नका लागि अनुरोध गर्नुभएको थियो सोहि अनुरुप एनआरएनए जापानले एक समितिनै बनाई अर्थ संकलन तथा सामान खरिद प्रकृयाअगाडी बढाएको थियो यस अभियानमा जापानमा रहेका अधिकांस नेपालीहरुले आफ्नो क्षमताअनुसार सहयोग गरे, जसका कारणअनुरोध गरेको छोटो समयमै सामान नेपाल पुगेको सुरुवाती दिनदेखिनै लागि परिरहेका गैरआवासीय नेपालीसंघ जापानका अध्यक्षदेबिलाल भण्डारीका अनुसार, आज जनप्रतिनिधि महेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको एक टोलीसंगै उक्त उपकरण तथा अन्य आवश्यकसामग्रीहरु पठाईएको हो

संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठको जानकारी अनुसार, जापानी येन १३ लाख १२ हजार सय ८० को डि प्रिन्टिङ मेसिन तथा त्यसकालागि चाहिने सामाग्रीहरु पठाईएको हो एनआरएनए जापानले उक्त सामग्री, जापानमै रहेका राष्ट्रिय आविष्कार केन्द्रकाअनुसन्धानकर्ता तथा सदस्य शुबास गुरुङ्को प्रत्यक्ष साथ तथा निगरानीमा खरिद गरि पठाएको हो

एनआरएनए संगै जापानमा रहेका अधिकांस नेपालीहरुको सहयोग रहेको यस कार्यमा, एनआरएनए क्षेत्रीय समितिहरुको  पनि महत्वपूर्णभूमिका रहेको सामान नेपाल पुगेपछि नेपालन्युजपोस्टसंग कुराकानी गर्दै एनआरएनए अध्यक्ष भण्डारीले जापानवासी नेपालीसमुदायको साथ सहयोगमा आफुहरुले छोटो समयमै सामान पठाउन सफल भएको भन्दै सहयोगी सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको

सामान नेपाल पठाउनका लागि,एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, युवा उपाध्यक्ष नबिन निउरे, कोषाध्यक्ष कालिकाथापा, प्रवक्ता सिद्धार्थ श्रेष्ठ तथा महिला संयोजक संगिता अधिकारी लगायतका पदाधिकारीहरु विमानस्थलसम्मै पुगेका थिए

प्रवक्ता श्रेष्ठका अनुसार केहिदिन भित्रमा संकलित रकम तथा लागत लगायतका आर्थिक गतिविधिबारे पारदर्शीरुपमा जानकारी गराईने

NRN JAPAN

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal