टोकियो । स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले कोरोना भाइरसका कारणले आफूले काम गरिरहेको कम्पनी बन्द भएको अथवा बिदादिएको र तलब नदिएको खण्डमा जापान सरकारले ८० प्रतिशत तलब दिने नयाँ प्रणाली लागू गरेको थियो । यही प्रणाली अन्तर्गत यही२ तारिक जापान सरकारले पार्ट टाइम कामबाट तलब नपाएका बिदेशी बिधार्थीहरुलाई पनि समाबेश गर्ने योजना बनाएको छ ।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले कोरोना भाइरसका कारणले कम्पनी बन्द भएर कम्पनीबाट बिदाको भत्ता नपाएका कर्मचारीहरुलाईबढिमा मासिक ३ लाख ३० हजार येनसम्म सहायता उपलब्ध गराउने दिने निर्णय समेत गरेको छ । मन्त्रालयले यो योजनालाई संसदमापेश गर्ने भएको छ ।
साना तथा मझौला कम्पनीका कर्मचारीहरु र पार्ट टाइम काम गरिरहेका ब्यक्तिहरु जसले रोजगार बीमा शुल्क तिरेको थिएनन्उनीहरुलाई समेत मन्त्रालयलस् मासिक ८० प्रतिशत दिने प्रस्ताव गरेको छ । पहिले तयार पारिएको योजनामा विदेशी बिधार्थीहरुलाईभने समाबेश गरिएको थिएन तर अहिले भने विदेशी विद्यार्थीहरुलाई समेत समेट्ने योजना भएकाले धेरै विदेशी विद्यार्थीहरु समेतलाभान्वित हुने अपेक्षा गरिएको छ संसदबाट प्रस्ताव पारित भएमा यो योजना कार्यान्वयनमा आउनेछ ।
यो लाभ लिनको लागि आवेदन प्रकृया सार्वजनिक नभइसकेको भएपनि जापानी संचारमाध्यमहरुमा प्रकाशित समाचारअनुसार प्रकृयासहज पारिने र योग्य व्यक्तिले एक हप्ताभित्र लाभ रकम पाउनसक्ने बताइएको छ ।
Nepal in japan

