eNepal

खाली पेटमा के खानु हुँदैन जानी राखौ

हामी दैनिक विभिन्न समयमा विभिन्न खालका खानेकुराहरु खाइरहेका हुन्छौं । हामी बिहानै उठ्ने बित्तिकै खाजाको रुपमा धेरै प्रकारका खानेकुराहरु खाने गर्छौं । हामीले बिहानै खाने कतिपय खानेकुरहरुले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ । कतिपय खानेकुराले गर्दा हामी विभिन्न रोगहरुको शिकार हुने गर्छौं । त्यसैले बिहानै खाली पेटमा हामीले कस्ता खानेकुरा खान हुदैन भन्ने कुरा राम्ररी जान्नुपर्छ ।

हामीले खाली पेटमा खान नहुने खानेकुराहरु यस प्रकार छन् :

१ केरा : केरा दूधसँग खायो भने वजन बढ्छ, तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्छ । त्यसैले केरा खाली पेटमा नखानु नै बेस ।

२ सखरखण्ड : सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि फाइदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । यसले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।

३ काँचो गोलभेंडा : काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा खानबाट बच्नुस् । किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने समस्या उत्पन्न हुनसक्छ । खाली पेटमा टमाटर खाँदा पथरीको खतरा पनि दुईगुणा बढ्छ ।

४ सोडा : ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

५ औषधि : केहीलाई छोडेर प्राय औषधि खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँग अवश्य सल्लाह लिनुस् ।

६ अल्कोहल : पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाइकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

७ दूध हालेको चिया : बिहान उठेर चिया पिउनु त नेपालीको संस्कारजस्तै नै भइसक्यो । तर, तपाईं एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु बेस हुन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal