रामु खनाल
जेठ २१ बुधबार /बजारमा पाइने रिफाइन्ड लेखिएको तेलमा , तेलमा पाइने चिपचिपा पन अर्थात चिल्लो पदार्थ निकालिएको हुन्छ । उक्त चिल्लो पदार्थ तेलको एक महत्त्वपूर्ण अंग हो । यदि तेलको चिल्लो पना निकाल्दिने हो भने तेलमा पाइने फ्याट्टी एसिड गायव हुन्छ , तेलको बासना निकाल्दिने हो भने तेलमा पाइने प्रोटिन गायव हुन्छ । तेल रिफाइन्ड गर्दा विभिन्न केमिकलहरुको प्रयोग गरिएको हुन्छ । शुद्ध तेल रिफाइण्ड गर्दा तेलमा विभिन्न केमिकलहरुको पनि प्रयोग गरिएको हुन्छ जस बाट तेलमा पाइने विभिन्न महत्त्वपूर्ण तत्वहरु गायब हुन्छ । अत: यस्तो केहि तत्व नै नभएको रिफाइण्ड गरिएको तेल खानुको कुनै अर्थ नै छैन ।
महर्षि भाग्वट जी लेख्नुहुन्छ तेल सधै शुद्ध नै खाउ । शुद्ध तेल बाट बात सग सम्बन्धित धेरै रोगहरुको नियन्त्रण हुन्छ । बात सम्बन्धि रोग भन्नाले Heart Attack , घुडा कम्मर दुख्ने , प्यारालाइसिस , ब्रेन ड्यामेज लगायत अन्य धेरै प्रकारका रोगहरुलाइ बुझिन्छ । अब तपाईहरु आफै बिचार गर्नुहोस् कि विभिन्न कम्पनीहरुको बजारमा रिफाइन्ड वाला तेल आउनु भन्दा अगाडि कति धेरै ठाउहरु कति धेरै शुद्ध तेलको प्रयोग हुन्थ्यो, गरिन्थ्यो तर डाटा भन्छ अहिलेको तुलनामा Heart Attack को दर उ बेला कम थियो , क्यान्सरको रोग दर कम थियो, घुडा कम्मर दुखाइ भएको जनसंख्या उ बेला कम थियो ।
रेडियोमा बजाइने , टिभीमा देखाउने हरेक बिज्ञापनमा बस्तुको बिक्रि बढाउन एउटा न एउटा फन्डा Creat गरिएको हुन्छ , त्यस फण्डालाइ बारम्बार बजाएर मान्छेको दिमाग भुट्ने गरिन्छ , र बिक्रि वृद्धि गरिन्छ जस्तो तेलको बिज्ञापनमा बजाइने क्लोलोस्ट्रोको डरको फण्डा । यदि यो सत्य हो भने रिफाइण्ड तेल बजारमा आउनु भन्दा अगाडिको तुलनामा अहिले किन Heart Attack हुने दर बढी छ ? यदि बिज्ञापनमा भने जस्तै सत्य हो भने रिफाइन्ड तेलले Heart Attack किन रोकेन ? तर डाटाबेस भन्छ रिफाइण्ड तेल बजारमा आउनु भन्दा अगाडि अहिलेको भन्दा धेरै ठाउमा शुद्ध तेलको प्रयोग हुन्थ्यो तर Heart Attack हुने संख्या कम थियो तर अहिले तेलको कम प्रयोग हुन्छ तर Heart Attack को दर बढी छ । कारण उ बेला शुद्ध तेल थियोे अहिले शरीरलाई चाहिने सबै तत्व निकालिएको तेल नाम गरेको झोल मात्र छ । अत: तेल सधै शुद्ध नै खाउ ।

