नागोया । कोरोना भाइरसको महामारीका कारण जापानमा ३० लाख भन्दा धेरैले रोजगारी गुमाउने देखिएको छ । बुधवार एक अनुसन्धानसंस्थाले यस्तो बताएको हो ।
आगामी मार्चसम्मको एक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारीका कारण ३० लाख १० हजारले रोजगारी गुमाउन सक्ने मध्यजापानको नागोयास्थित चुबु रिजन फर सोसल एण्ड इकोनोमि रिसर्चले बताएको हो ।
गत वर्षको तुलनामा जापानी रोजगारीमा साढे ४ प्रतिशतको कमी आउनेछ । यो सन् २००८–०९ को विश्वव्यापी वित्तीय संकटको तुलनामानिकै खराब हो । अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी लेह्म्यान ब्रदर्श धराशयी भएपछि उत्पन्न आर्थिक संकटको बेलामाआर्थिक वर्ष २००९ मा जापानमा ९ लाख ५० हजार रोजगारी गुमेको थियो । पछिल्लो प्रक्षेपण आगामी मार्चमा सकिने आवमा जापानमाआउने विदेशी आगन्तुकको संख्यामा सुधार आउँदैन भन्ने अनुमानमा आधारित छ ।
क्षेत्रगत हिसाबले खुद्रा र थोक विक्रेताकहाँ ८ लाख ४५ हजार रोजगारी गुम्नेछ । म्यानुफ्याक्चरिङमा ६ लाख १४ हजार र बसोबास ररेस्टुरेन्ट क्षेत्रले भने ५ लाख ८९ हजार रोजगारी गुमाउने अनुमान छ ।
लेह्म्यान झट्काको बेलामा म्यानुफ्याक्चरिङ क्षेत्र बढी मारमा परेको थियो तर अहिले भने सबै क्षेत्र प्रभावित भएको चुबु रिजन फरसोसल एण्ड इकोनोमि रिसर्चमा अर्थशास्त्री र्योइची नाम्बाले भने । मार्चमा जापानको बेरोजगारी दर बढेर एक वर्षकै उच्च बिन्दु साढे २प्रतिशतमा पुगेको थियो ।
आगामी महिनामा भने अवस्था झनै खराब बन्ने अपेक्षा विश्लेषक र सरकारी अधिकारीहरुले गरेका छन् । फेबु्रअरीमा १ दशमलव ४५प्रतिशत रहेको रोजगारी उपलब्धता समेत मार्चमा खस्किएर १ दशमलव ३९ मा आएको छ । यो साढे ३ वर्षकै न्यून भएको अप्रिलमासार्वजनिक गरिएको सरकारी तथ्यांकले देखाएको थियो । १ दशलव ३९ रोजगारी उपलब्धताको अर्थ कामको खोजी गर्ने हरेक सयजनाका लागि १३९ रिक्त पद भन्ने हो ।

