eNepal

एनआरएनए युकेले सार्बजनिक गर्यो बेलायतका नेपालीमा भएको कोरोना संक्रमणको तथ्यांक

गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्यांक सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो सार्वजनिक उक्त तथ्यांकले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखाएको छ ।

संक्रमितमध्ये उपचारका लागि अस्पतालमै भर्ना हुनेहरुको संख्या १ सय १५ छ । जसमध्ये ६१ जनाको मृत्यु भइसकेको छ ।

तथ्यांकमा १७ जना संक्रमित नेपाली अझै पनि अस्पतालमा उपचाररत रहेको र ३७ जना उपचारपछि निको भएर घर फर्किएको उल्लेख छ ।

त्यसैगरी, हालसम्म बेलायतमा ६ सय ३२ जना नेपाली कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका, उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका तथा ६२ जना अझै पनि आइसोलेसनमै रहेको बताइएको छ ।

संघले सञ्चालन गरेको हेल्पलाइन र देशैभर रहेका संघका पदाधिकारीहरुको सक्रियतामा तथ्यांक संकलन गरिएको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले जानकारी दिएका छन् ।

महामारी शुरु भएयता बेलायतमा अरु कैयौं नेपालीको मृत्यु भएको जानकारी संघमा आएको भन्दै रानाभाटले तीमध्ये केहिमा कोरोनाको संक्रमण आशंका गरिएपनि पुष्टी हुन बाँकी रहेको  बताए ।

एनआरएनए यूकेले बेलायतमा अफ्ठेरोमा परेका नेपालीहरुको सहयोगका लागि संघमार्फत २५ डाक्टर, २४ नर्स र १ सय २ जना स्वयमसेवक गरी कुल १ सय ५१ जना खटिएको बताएको छ ।

त्यस्तै, संघले समस्यामा पर्ने विद्यार्थीहरुलाई राहतदेखि बेलायतका विभिन्न क्षेत्रस्थित भूपू गोर्खा र वृद्धवृद्धा लगायतलाई प्राथमिकतामा राखी मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण गरिरहेको छ ।

यसअघि लण्डनस्थित नेपाली दूतावासले पनि गत सोमबार बेलायतमा ६० जना नेपालीको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टी गरेको थियो ।

https://nrnauk.org/archives/1690

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal