eNepal

बेलायतमा कोरोनाको संक्रमणबाट ६० नेपालीको मृत्यु

बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । 

सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको छ। 

मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । अहिलेसम्म ४९ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैरगोर्खाको मृत्यु भएकाे उनले बताए  । यस्तै २० जनाको लन्डनभित्र र बाँकी ४० जनाको लन्डनभन्दा बाहिरका विभिन्न स्थानमा मृत्यु भएको दूतावासले जनाएको छ ।

 मृत्यु हुनेमा धेरैजसो ७० वर्षमाथिका छन् । नेपाली दूतावास लन्डन र गोर्खा वेल्फेयर ट्रष्ट, भूतपूर्व गोर्खाका संघसंस्था लगायतको संयुक्त प्रयासमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

 विश्वभरिमा हालसम्म कुल ८७ जना नेपालीहरुको कोरोनाको कारण ज्यान गैसकेको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनएले जनाएको छ । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal