eNepal

नेता किम जोङ उनले चीनका राष्ट्रपति सी चिनफिङलाई दिए बधाई

उत्तर कोरियाका नेता किम जोङ उनले चीनका राष्ट्रपति सी चिनफिङलाई व्यक्तिगत सन्देश पठाएर कोरोनाभाइरस महाव्याधि नियन्त्रणमा ल्याएकोमा बधाई दिएका छन् । 

उत्तर कोरीया सरकारी सञ्चारमाध्यमले यसको खबर दिएको हो । 

चीन उत्तर कोरियाको सबभन्दा महत्त्वपूर्ण साझेदार तथा अर्थतन्त्रको जीवनदाता हो । उत्तरको ९० प्रतिशत कारोबार चीनसँगै हुन्छ । चीनमा कोभिड–१९ को संक्रमण घट्न थालेकाले उत्तरले सीमापार व्यापारका लागि चप्नलाई पुकार्न खोजेको केही विज्ञहरूले बताएका छन् । 

दक्षिण कोरियाको जासूसी संस्थाले सांसदहरूलाई एक गोप्य ब्रीफिङमा उत्तर कोरिया तथा चीनबीचको व्यापार पहिलो त्रैमासिकमा पोहोर सालभन्दा ५५ प्रतिशतले घटेको जानकारी दिएको थियो । मार्च महिनामा द्विपक्षीय व्यापारमा ९१ प्रतिशतले गिरावट आएको उक्त संस्थाले बताएको भनी सांसदहरूले जानकारी दिए । 

उत्तरले जनवरी महिनामै चीनसँगको सीमा बन्द गरेर हजारौं मानिसलाई क्वारेन्टीनमा राखेको थियो । आफ्नो देशमा एउटा पनि संक्रमणको केस नरहेको उसले बताउँदै आएको छ तर बाहिरका मानिसले त्यसमा शंका व्यक्त गरेका छन् । 

एजेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal