कोरोना संक्रमणका कारण बेलायतमा पछिल्लोपटक समाजसेवी नारायण कोन्मे गुरुङको निधन भएको छ।
कोरोना संक्रमणका कारण ७५ वर्षीय गुरुङको सोमबार अपराह्न निधन भएको लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोगप्रमुख शरदराज आरणले नारायण पुष्टि गरे।
गुरुङसहित कोरोनाले बेलायतमा मृत्यु हुने नेपालीको संख्या ३५ पुगेको दूतवासले पुष्टि गरेकाे छ।
कोरोनाबाट नेपाली मृत्यु हुने क्रम बढेकामा दुःख व्यक्त गर्दै राजदूत आरणले पीडित परिवारप्रति संवेदना प्रकट गरे।
७५ वर्षीय गुरुङलाई केही समयदेखि रुघाखोकीले ग्रस्त बनाएको थियो। स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई ननिटनको जर्ज इलियटअस्पताल भर्ना गरिएको थियो भने पछिल्लो समय आईसीईयूमा राखेर उपचार गरिएको थियो।
उपचारकै क्रममा सोमबार अपराह्न चिकित्सकले मृत्यु भएको खबर परिवारलाई दिएको उनका नातेदार तथा सहारा यूकेका उपाध्यक्षकुसाङकुमार गुरुङले बताए।
गुरुङको पुर्ख्यौली घर पर्वतको चारभन्ज्याङ ठानामौला हो। बेलायती सेनामा केही समय सेवा गरेर उनी नेपाल फर्केर अध्ययन/अध्यापनमा लागेका थिए। उनले नेपालमा कृष्ण प्राइमरी स्कुल ठानामौला खाल्टे, अमरसिंह माध्यमिक विद्यालय पोखरा र फेदीखोलामाध्यमिक विद्यालय फेदीखोलाको शिक्षण पनि गरेका थिए।
पछिल्लाे समय उनी लन्डन बसिरहेका थिए।
गुरुङ बेलायतामा विभिन्न सामाजिक कार्यमा निकै सक्रिय थिए। उनी तमुधीँ यूकेका आजीवन सदस्य तथा सल्लाहकार, चारभन्ज्याङतमु समाज यूकेका संरक्षक, नेपलिज ब्याडमिन्टन एसोसिएसनका संस्थापक सल्लाहकार, ननिटन नेपलिज ब्याडमिन्टन क्लवकासल्लाहकार र पर्वत वेलफेयर सोसाइटी यूकेका पनि सल्लाहकार थिए।
https://www.facebook.com/1638546164/posts/10220391752137403/?d=n

