देबेन्द्र लामा ,जापान
03-05-2020
जापान सरकारले जापान भर बसोबोस गर्ने सम्पुर्ण बिदेशी नागरिकहरुलाई पनि राहत स्वरुप १ लाख प्रति ब्यक्तिको दरले बाढ्ने धोषणा गरि सकेको छ। हाल यो प्रक्रियामा छ कुनै कुनै साना नगरपालिका या वडा कार्यलयहरुले भने फर्महरु हुलाक या मेल बाट पठाई सकेको अवस्था छ ।यो फारम घरमुलीको आफ्नो नाममा आउने छ र यो फारम आई सकेपछि तपाईले आफ्नो ठेगान,बैकको नम्बर लगाएत आफ्नो सबै विवरणहरु भर्नु पर्ने हुन्छ। साथै आफ्नो रेसिडेन्ट कार्ड र पास बुक वा क्यास कार्डको फोटो कपी पनि साथ मै बुझाउनु पर्ने हुन्छ।सबै कुराहरु तयार पारी सके पछी अन्त्यमा पोष्टबाट आएको एउटा छुट्टै खाम हुन्छ। त्यसैमा राखी हुलाक कार्यलायबाट पठाउनु पर्ने हुन्छ र यो सबै गरिसके पछी तपाईले १ लाख रकम बिना झनझट सोतः रुपमा पाउन सक्नु हुनेछ तर यो रकम लिन तपाई नगरपालिका या वडा कार्यलाय धाउनु पर्दैन। तपाईहरुको आफ्नै खातमा दाखिला गर्दिने छ। र कहीले पाउॅंने भन्ने निर्णय हरेक अफिस कार्यलयले निर्णय गर्दछ। यो रकम जापान सरकारले पछि फिर्ता माग्ने छैन।
यो रकम कोरोना राहत स्वरुप जिवनयापन गर्नको लागि दिएको सहुलियत हो। हाल बिभिन्न सन्चार माध्यामबाट केहि नकरात्मक घटना क्रमहरु पनि सुन्नमा आएको छ।
यहि १ लाख रकमको बिषयलाई लिएर बिभिन्न अपराधी ब्यक्तिहरुले फोन या मेलबाट कार्ड नम्बर फोन न. नाम ठेगान सोध्ने कामहरु गरेको सुन्नमा आएको छ यस्तो अपरिचित ब्यक्ति वा संस्थाबाट फोन आएमा नउठाउन र नदिन जापान प्रहरीले सबैमा सचेत गरेको छ। यदि फोन आएमा नजिकको प्रहरि कार्यलायमा सम्पर्क गरि सहयोग गर्दीनको लागि जापान प्रहरीले आग्रह गरेको छ।

