eNepal

६ मेमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दै

नेपाल वायुसेवा निगमले अष्ट्रेलियामा पुनः उडान गर्ने भएको छ। आगामी वैशाख २४ गते (६ मे २०२० मा) निगमले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्न लागेको जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले नेपालमा रहेका अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्ने निश्चित भएको राससलाई जानकारी दिनुभयो । निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडान गरेको थियो । उक्त उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । जुन निगमको वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्यको उडान भरेको थियो । मलेशिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको थियो ।

निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कदा सिधै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमका प्रवक्ता खड्काका अनुसार काठमाडौँ–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ । काठमाडौँबाट २५० भन्दा बढी यात्रु लिएर जाने वाइडबडी फर्कँदा लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडानको तालिका रहेको छ । वाइडबडी जहाज काठमाडौँबाट दिउँसो १:३० बजे उड्ने र भोलिपल्ट साँझ ५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

काठमाडौँस्थित अष्ट्रेलियाली दूतावासको पहलमा सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको हो । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले ट्वीटरमा सन्देश पोष्ट गर्दै अष्ट्रेलिया जहाज जान लागेकाले टिकटका लागि नेपाल एयरलाइन्समा सम्पर्क गर्न आग्रह गर्नुभएको थियो । 

गोरखापत्रबाट साभार

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal