स्याम नेपाली कल्याण कोषले तेस्रो चरण अन्तर्गत ४० जना मेलवर्नका नेपाली विद्यार्थीलाई सहयोग गरेको छ । तेस्रो चरणसम्म आईपुग्दा अहिलेसम्म १०० जना नेपाली विद्यार्थीलाई सहयोग गरिएको छ ।
कोभिड-१९ यानिकी कोरोना संक्रमणको त्रास बढेसँगै स्याम नेपाली कल्याण कोषले एक महिना अघि अन्तराष्ट्रिय विद्यार्थीका निम्ती राहत प्याकेज सार्वजनिक गरेको थियो । मेल्वर्नमा रहेका नेपाली विद्यार्थीका निम्ती लक्क्षित गरेर निकालिएको सो प्याकेजमा सुरुवाती चरणमा $५००० को बजेट छुट्याईएको थियो । एक महिनाको अन्तरालमा लगभग १२० वटा म्यासेज र ईमेल प्राप्त भएका छन् । प्राप्त भएका ईमेल र म्यासेजलाई प्राथमिकता अनुसार विभाजन गरि विद्यार्थीलाई पहिलो दोस्रो र तेस्रो चरणको सहयोग अन्तर्गत रकम प्रदान गरिएको हो । यसैगरि कोरोना संक्रमण पुष्टि भएको एक नेपाली जोडीलाई ईमेल मार्फत जानकारी पाए लगत्तै डलर ४०० सहयोग प्रदान गरिएको छ । स्याम नेपाली कल्याण कोषले राहत प्याकेज सार्वजनिक गर्दा धेरैजनाले रकम सहयोग दिनका र निम्ती सन्देश समेत पठाउनु भएको थियो । सोहि कुरालाई मनन गर्दै स्याम नेपालीले एकाउन्ट विवरण फेसबुक पेजमा सार्वजनिक गरेका छन् ।
यहाँले सहयोग गर्न चाहे सो एकाउन्ट विवरणमा रक़म जम्मा गर्न सक्नुहुनेछ र प्रत्येक हिसाब पारदर्शी हुनुका साथै अभिलेख पनि राखिने छ । एउटै व्यक्तिलाई सहयोग नदोहोरियोस् भन्ने मनशायका कारण अभिलेख राख्न खोजीएको समाजसेवी स्याम नेपाली बताउछन् । एकाउन्ट सार्वजनिक गरेसँगै अहिलेसम्म सोर्ह सय डलरको हाराहारीमा सहयोग रकम उठेको छ ।
विशेष गरि नेपाली विद्यार्थीका हरेक सुखदुखमा साथ र सहयोग दिदैँ आएका स्याम नेपालीले कोल्ड-१९ को त्राससगैँ जागिर गुमाएका र दैनिकी चलाउन मुस्किल परेका नेपाली विद्यार्थी मारमा नपरुन् भन्ने लक्ष्य सहित सो राहत प्याकेज सार्वजनिक गरेका हुन्

