eNepal

बिधार्थीहरुलाई सहयोग जुटाउँदै दिदीबहिनी समाज भिक्टोरीया

कोरोना महामारीका कारण जारी लकडाउनका बेला बिशेषतः उच्च शिक्षा अध्ययन गर्न आएका बिधार्थी भाईबहिनीलाई परेको सङकटलाई थोरै भए पनि राहत होस् भन्ने हेतुका साथ दिदीबहिनी समाज भिक्टोरीयाले राहत बाढ्ने काम अघी सारेको छ। 

दिदी बहिनी समाज भिक्टोरीयाले राहतको लागि आग्रह गरिएको फाराममा अहिले सम्म १३० जनाले दर्ता गराई सकेका छन् र ती मध्य ६८ जना बिद्यार्थीहरुलाई राहतको प्रक्रिया अगाडी बढाई सकिएको छ।

गएको ७ अप्रीलमा ३० जनालाई पहिलो चरणको राहत बितरण गरि सकिएको छ। सो राहतको लागि Combine Church Caring मेल्टोनबाट ९० पोका ग्रोसरी दिदीबहिनी समाजलाई उपलब्ध भएको थियो।सो राहत दिदी बहिनी समाजका सदस्य र स्बमसेवकहरु दुर्गा पराजुली, माधव अधीकारी, रमेश र उनको साथी, रुचि गौतम र एरिन मार्फत बितरण गरिएको थियो।

यसलाई निरन्तरता दिदै हिजो दोश्रो चरणको राहत बाँड्ने कार्य सम्पन्न भएको छ। दोश्रो चरणमा ३८ जना बिधार्थी भाईबहिनीले राहत सामग्री बितरण गरिएको छ। 

दिदीबहिनी समाजका पधादिकारीहरु बर्षा केसी राजभण्डारी, अनु पाण्डे, अमृता गुरुङ, अन्जना नेपाल, अन्जु, शोभा चालिसे लगाएत स्वयंशेवकहरु समीर पन्त,कृष्ण चालीसे, राजु भेडवालको सहयोगमा लेबर्टन, ब्रेबुक, ग्लेनरोय, ब्रोडमिडोज, फकनर, ब्राउनस्विक, जाकाना, लेलौर , थोमास्टाउन, बन्डुरा, रिजर्भ्वेर, कोबर्ग, ग्लेनआइरीस्, वेस्टोना, केम्बरवेल लगाएतका ठाउँमा राहत बितरण गरिएको थियो। यस राहतको लागि कम्बाईन्ड चर्च केरीङ मेल्टोनले सहयोग गरेको छ।

अर्को सोमबार बाँकी रहेका बिद्यार्थीहरुलाई सहयोग प्रदान गर्ने योजना रहेको जानकारी छ। कुल १२६ विद्यार्थीहरूलाई २ हप्ताको अवधिमा राहत पुर्याउने लक्ष्य रहेको बताईएको छ।

सिख समुदाय र व्यक्तिगत प्रायोजकहरूबाट समेत विद्यार्थीहरुको लागि केही पकाएको खाना र खाधान्नको व्यबस्था गरिएको थियो भने नवआगन्तुक बिधार्थीहरुको लागि रोजगार उपलब्धताको बारेमा दिदी बहिनी समाजले आफ्नो अफिसीयल फेसबुकबाट जानकारी गराउँदै आएको छ।

स्वयंसेवकहरुका साथसाथै विशेष मूल्याङ्कन र प्रतिक्रिया टोली, दिदीबहिनी समाज भिक्टोरीयाका सदस्यहरू, बिभीन्न क्षेत्र संयोजकहरू र केही स्वतन्त्र व्यक्तिहरूको अनबरत मेहीनेतलेनै यो कार्य सफल भएको दिदीबहीनी समाज भिक्टोरीयाकी उपाध्यक्ष प्रभा श्रेष्ठले जानकारी गराउनु भएको छ।

यो संकटका समय सबैले आआफ्नो ठाउँबाट जति सकिन्छ, सहयोग गर्ने हो । हाम्रो सानो सहयोगबाट यस महामारीसंग जुधिरहेका बिधार्थी भाईबहिनीहरुको मनोबल उच्च हुन्छ भने त्यो नै ठूलो कुरा हो’ भन्दै समाजकी उपाध्यक्ष श्रेष्ठले यदि कोही मनका धनी हुनुहुन्छ भने यो महामारीको बेला सबैलाई सहयोग गर्न आवहान गर्दै सहयोगी हातहरुको समर्पण र प्रतिबद्धताको लागि सलाम व्यक्त गर्नु भएको छ।

महामारीले निम्त्याएको संकटपूर्ण अवस्थामा कुनै पनि स्वार्थबाट माथि उठेर काम गुमाएका या भर्खर आएका नयाँ बिधार्थीहरुको सम्मान र हौसलाका लागि समुदाएबाट भएका यस्ता सहयोग प्रशंसाका लायक छन् जसले स्थानीय समुदायमा नेपालीहरुप्रतिको सम्मान बढाउने मात्र नभइ समुदायबीचको सम्बन्ध बिस्तारमा पनि टेवा पुर्याउने समेत अपेक्षा गर्न सकिन्छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfZorC-gt4LmbtySs7pZm8lah8o2Httnc_N6C7rxaHLxCCnoQ/viewform

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal