विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सन्त्रासले नेपाललाई अछुतो राख्न सकेन।पशुपतीनाथको भर पर्दा पर्दै १७ जनामा पोजीटिभ नतीजा देखि सकेको छ। चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन वैशाख १५ गतेसम्म लम्बिएको छ। अझै कहिलेसम्म हुने हो अनिश्चित छ। शहरमा ज्याला मज्दुरी गरेर बिहान बेलुकाको छाक टार्ने गरिब मज्दुरहरु अत्तालिएका छन्। दिन भरि काम गरेर साँझ एक मुठी माड खानेहरुलाई यो लकडाउनले नराम्रो असर पारेको छ।
बाहिर निस्क्यो न कुनै काम छ, एकातिर प्रहरीको लाठी छ अर्को तिर गाउँ फर्कनलाई कुनै यातायातकोनै सुबिधा। सबैको अन्तीम बिकल्प भनेको आफ्नै गाउँ हो।गाउँ जानलाई पनि सहज कहाँ छ। एकातिर जानलाई निषेध जस्तै छ, अर्को तिर यातायात साधननै चलेका छन्। अव यो बेलामा बस्ने पनि कहाँ कसरी र कहिले सम्म।
बस्न जसो तसो सके पनि पेट भोको भए पछि कसैको केही चल्दैन। भोको पेटले बोरु गाउँ जा खान पाउँछस् भन्छ जानलाई सामर्थ्य छैन। एक दुई दिन मागेर गुजारा चल्ला तर हप्तौ महिनौ सम्म चल्दैन। मर्ने भनेका बिचरा गरिबनै हुन्।
हिम्मत गरेर गाउँ फर्किउँ नेपाल प्रहरीबाट नागरिकमाथि भइरहेका ज्यादतीका घटना दिनदिनै बाहिर आएका छन्। कुटाई र लात्ती पनि गरिबले खानु पर्ने कस्तो नियती हो। प्रहरी भन्छ सरकारको आदेश अभग्या गर्छस्, अनि गरिब भन्छन् खाली पेटले म कसरी बसौ। जव मान्छेको आवेगको बिस्फोट हुन्छ र गरिबीले तर्साएको भोकले थला पर्छ उसले आफ्नो जन्म घर अनि आफ्नो करेसाको साग र सिस्नोनै सम्झन्छ।
आज बिदेशमा भएकालाई नेपाल जान पाए बाचिन्थ्यो कि भन्ने छ भने शहरमा भएकालाई गाउँ जान पाए भोकमरीले नमरी हालिन्थ्यो कि भन्ने छ।
आज मान्छेको जिवन शैली केही महिना अघीको भन्दा निकै पृथक छ। गरिबीको बिडम्बनाबाट उन्मुक्ति मिल्ला कि भनेर परदेश जानहरु पनि हे सरकार हामी स्वदेश फर्कन्छौ हामीलाई लैजाने बाताबरण मिलाईदे भन्दा अहँ हुन्न तिमीहरु आयौ भने रोग सर्छ भन्दै लैजान खोज्दैनन्।
बिश्वका अधिकांश देश अहिलेको परिस्थितीमा आफ्ना नागरिकहरुलाई कमसेकम भोकमरीबाट नमरुन भनेर राहत बाड्दै आएको छ। कोरोना सङक्रमीतनै किन नहुन चाटर्ड फ्लाईट गरेर आफ्नो देशमा झिकाउने प्रयास जारी राखेको छ। तर हाम्रो देशका गरीब जनता भोकभोकै बाटामा ढल्दा समेत किन बेवास्ता गरिन्छ।
केही समय अगाडी आएका केही समाचारहरु श्रीमतीले काखमा एक वर्षीय नानी र श्रीमानले झोलामा केही खानेकुरा बोकेर कलंकी हुँदै कैलालीको पैदल यात्रा गरेको समाचार होस् या काठमाडौंमा मजदूर काम गर्दै गरेका ३७ जनाको समूह सुनसरी इनरुवाको यात्रा गर्दै गरेको समाचार हुन्। दाचुर्लाको सिमानासम्म जेनतेन गरी आइपुगेर आफ्नो देशभित्र छिर्न नपाउने करिब ३०० नेपाली मजदूरहरुको आफ्नो ज्यानको जोखिम मोलेर महाकाली नदीमा पौडेरै जन्मभूमि फक्रिएका समाचारहरु हुन् र यी तस्बीरले पक्कै पनि जो सुकैको मन भक्कानीनु स्वभाबीकै हो।
यी यात्रा रहरको यात्रा पक्कै हौईनन् गाउँ फर्के आफ्नो घर फर्के बाँच्छु की भने झिनो आशाले फर्किएका गरीबका यात्राहरु हुन्।
सरकार भन्छ राहत सामाग्री बाडिदै छ तर के त्यो राहत यी गरीबले पाए। होईन भने किन भकाभक लड्दैछन् बाटामा।किन भाग्दैछन् रातबिरात गरेर शहरबाट गाउँ।
कि राहतको नाममा पनि राजनिती गरिदैछ। आफ्ना र पराई छुट्टाईदै त छैन।यस्तो बिषम् परिस्थितीमा पनि गरिबलाई मार्ने काम सरकारले नगरोस्। लोभको प्याकेज देखाएर अकालमा कसैको मृत्यु भएको समाचार देख्न अनि सुन्न नपरोस्।

