eNepal

अस्ट्रेलियामा कोभिड १९ प्रतिबन्ध उल्लंघन गरेको आरोपमा ठूलो रकम जरिवाना

सिडनीकी एक महिलाले पुलिसलाई “यो स्वतन्त्र देश हो” र न्युसाउथ वेल्स भरि भेट्न आएका मान्छेलाई COVID-19 प्रतिबन्ध उल्लंघन गरेकोमा $१००० को जरिवाना भएको छ। ३२बर्षे ती युवतीलाई बिहीबार आधिकारिक रूपमा चेतावनी दिईएको थियो जसको बेवास्ता गर्दै  घर छोडेर शुक्रवार सुरी हिल्सको बेलभाइर स्ट्रीटको बीचमा पुगेकी थिईन्। उनी किन बाहिर आई भनेर सोध्दा,  उनले जवाफ दिइन्, “यो स्वतन्त्र देश हो” र  उनको भनाईमा कुनै बास्तबिक कारण थिएनकी उनी घरबाट किन बाहिर निस्किन्।

गएको दुई दिनमा एनएसडब्ल्यू पुलिसले पचास जनालाई जरिवाना थमाएको थियो जस मध्ये उनी एक थिइन, यो सँग मार्च १७बाट २९५ जनाको हातमा जरिवाना थमाई सकेको छ।

दस व्यक्तिलाई पनि सार्वजनिक स्वास्थ्य कानूनको उल्लंघन गरेको आरोप लगाइ जरिवाना लगाईएको छ।

पुलिसले दक्षिण ग्राफ्टन सडकमा एक केस बियर बोकेर हिड्दै आएको एक किशोरीलाई र तीस बर्षका एक युवालाई शुक्रबार तीन पटक “घर फर्कन” आग्रह गर्दा पनि नमानेर ह्याङ आउट गर्न अल्बरी ​​पुलिस स्टेशनमा हिंडे को भने पछि पुलिसले जरिवाना गरेको छ।

ट्रेलरमा बाइक सहित हिडेका भिक्टोरियाली एक व्यक्तिले शुक्रबार पुलिसलाई उनी साथीहरू भेट्न वोलोङ्गंग आएका थिए र परिवार भेट्न डेनिलिकिन गइरहेका थिए।

२७ बर्षे ती युवालाई गैरआवश्यकीय यात्राको लागि $ १००० जरिवाना लगाएको छ।

अस्ट्रेलियामा कोभिड १९ प्रतिबन्ध उल्लंघन गरेको आरोपमा अस्ट्रेलियामा १ मिलियन डलर भन्दा बढी जरिवाना गरिएको छ जसमा क्वीन्सल्यान्डमा $६१०,००० र भिक्टोरियामा $१६०,००० भन्दा बढी जरिवाना लगाई सकेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal