कोभीड १९ को कारण उच्च शिक्षा हाँसील गर्न अस्ट्रेलीया आएका बिधार्थीहरु अहिले आर्थीक समस्यामा पर्न थालेका छन्। विशेष गरी गुल्मीबाट भिक्टोरियामा अध्ययन गर्न आएका बिधार्थीहरुलाई सहयोग गर्ने हेतुले गुल्मी समाजले कोष गठन गरेको छ।पाँच हजार डलर लक्ष्यका साथ खोलीएको कोषमा सबैलाई सहयोग गर्न अपील गरिएको छ।
बेरोजगार भएर वित्तीय कठिनाई भएका विद्यार्थीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा कठोर प्रभाव पार्ने भएकोले उनीहरुलाई राहत दिन गुल्मेली समाज लागि परेको हो। आवास लगाएर आधारभूत आवश्यकताहरू, परामर्श र कानूनी मद्दतमा महत्वपुर्ण सहयोग प्रदान गर्न कोषको रकम प्रयोग हुने गुल्मी समाजका अध्यक्ष गान्धी प्रसाद भट्टाराईले बताउनु भएको छ।
सहयोग गर्न ईच्छुक महानुभावहरुले तलको लिङ्कमा गएर सहयोग गर्न सक्नु हुनेछ।

