eNepal

मेलबर्न सिटी काउन्सिलले विदेशी विद्यार्थीहरूको लागि आर्थिक सहयोग गर्ने वाचा

मेलबर्न सिटी काउन्सिल अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि आर्थिक सहयोग दिने वाचा गरेको छ। यो निर्णयसँगै सरकार तहबाट बिधार्थीहरुको पक्षमा आवाज उठाउने पहिलो सरकारी निकाए बन्न पुगेको छ। 

सहयोग कसरी गर्न सकिन्छ भन्ने बारे स्पस्ट नभए पनि काउन्सीलका कर्मचारीहरुले विदेशी विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्ने तरिकाहरू विकास गर्न आग्रह गरेका छन्। 

बिशेष गरेर कोभीड १९ को महामारीले खुद्रा र हस्पीटालिटी क्षेत्रमा काम गर्नेहरुले रोजगार गुमाएका छन्।

प्रधानमन्त्री स्कट मरिसनले गएको शुक्रवार अस्थायी भिसा लिएका र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई यदि अस्ट्रेलियामा बस्न गार्हो हुने भए आफ्नै देश फर्किन आग्रह गरेका थिए। उनले भनेका छन् यदि उनीहरू आफैंलाई सहयोग गर्न सक्ने स्थितिमा छैनन् भने उनीहरूले आफ्नै देश फर्कन सक्छन्।

यो समयमा अष्ट्रेलियाले आफ्नो नागरिक र त्यहाँका बासिन्दाहरूलाई ध्यान दिन जरुरी रहेको बताएका थिए।

अध्यागमन मन्त्री एलन टुजले भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अष्ट्रेलियामा ठूलो योगदान पुर्‍याइरहेका छन् र अस्ट्रेलियाको रोजगारलाई सहयोग पुर्‍याएको र सरकारले उनीहरुलाई सहयोग गर्न थप लचिलोपन हुने बताएका छन्।

उनले भनेका छन् “अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियाका लागि ठुला योगदानकर्ता हुन्, उनीहरूले अस्ट्रेलियाली रोजगारीलाई टेवा दिएका छन्।” टजका अनुसार सरकारले हाल  के-कस्ता व्यवस्थाहरू गर्न मिल्छ, त्यस बारे अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवालाहरूसँग मिलेर काम गरिरहेको जानकारी गराउनु भएको छ।

मेल्बोर्नमा १७० देशका बिस लाख अन्तर्राष्ट्रिय बिधार्थी अध्यनरत छन् जसमा ५२००० बिधार्थी शहरको मुख्य भागमा बस्छन्।

अन्तर्राष्ट्रिय शिक्षा राज्यको सबैभन्दा ठूलो निर्यात कमाउने श्रोत हो जसले गत वर्ष भिक्टोरियाको अर्थव्यवस्थामा १२ बिलियन डलर योगदान गरेको थियो।

मेलबर्न सिटी काउन्सिलको अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने कदमको इन्टरनेशनल एजुकेसन एसोसिएसन (आईईए) स्वागत गरेको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हप्तामा २० घण्टा सम्म काम गर्न अनुमति दिइए पनि कोभीड १९ को महामारीबाट आफ्नो जागिर गुमाएका बिधार्थीहरुको हकमा भने सरकारी कल्याण वा नयाँ जॉबसिकर र जॉबकिपर योजनाहरूको किन नरहेको भनेर सङ्घका प्रमुख कार्यकारी फिल हनीवूडले आक्रोस व्यक्त गरेका छन्।

Photo: Shutterstock

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal