कोरोना भाईरसको महामारीले अस्ट्रेलीयाको नेपाली समुदाएलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नराम्रो असर पारेको छ। यो महामारीको प्रकोपलाई लक्ष्क्षीत गर्दै एनआरएनए अष्ट्रेलियाले नेपाली समुदायका बिभीन्न संगठनहरुको सहयोगमा कोभिड १९ राहत कार्यदल गठन गरेको छ।
अष्ट्रेलियामा रहेका सयौं हजार विदेशी विद्यार्थीहरू अष्ट्रेलियामा पढ्ने र विश्वविद्यालयको शुल्क र कर भुक्तानी मार्फत अर्थव्यवस्थामा प्रत्येक वर्ष तिस अर्ब डलर भन्दा बढी योगदान पुर्याउने अवसर पाएका छन्।
सयौं हजारौं विदेशी विद्यार्थीहरू अष्ट्रेलियामा अध्ययनरत छन् र विश्वविद्यालय शुल्क र कर भुक्तानी मार्फत अस्ट्रेलीयाको अर्थव्यवस्थामा प्रत्येक वर्ष अरबौ डलर भन्दा बढी योगदान पुर्याउने अवसर पाएका छन्। दुर्भाग्यवश, धेरैले सामाजिक दुरी कायम राख्दै शटडाउन झेल्नु परेको छ जसबाट धेरैको रोजगारमा असर पुर्याएको छ।
आर्थिक कठिनाइ, घरबाट टाढा हुनु र सरकारी कल्याणकारी योजनाको लागि योग्य नहुनाले आप्रवासी नेपाली समुदाय तनाबको स्थितीबाट गुज्री रहेका छन्।गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्य सामुदायिक सङ्गठनहरू स्थापना भएको समयदेखि नै विद्यार्थीहरूलगायत नेपाली प्रवासी समुदायको भलाइका लागि अथक प्रयास गर्दै आई रहेका छन्।
हाल राहत कार्यदलका सम्बन्धित राज्य टोलीहरूले खाँचोमा परेकालाई बिशेष गरेर बिधार्थी भाईबहिनीहरुलाई तत्कालका लागि केही भएपनि राहत होस् भन्ने हेतुले खाद्यान्न अभियान सञ्चालन गरिरहेका छन्।
यहि बिषम् परिस्थितीमा महामारीबाट प्रभावित व्यक्तिको हितको लागि पचास हजारको लक्ष्य कोषका साथ तत्काल राहत (खाना), आपतकालीन आवास, मानसिक स्वास्थ्य सहित चिकित्सा परामर्शका साथसाथै घरेलु हिंसा पीडितलाई सल्लाह दिने लगाएतका क्रियाकलापमा खर्च गरिने अभिप्रायका साथ उक्त फण्ड खोलिएको छ।
यो अभूतपूर्व संकटको समयमा सबै खुल्ला मन भएका महानुभावलाई सहयोग गर्दिन एनआरएन अस्ट्रेलीया सबैलाई अनुरोध गर्दछ। यो समाचार लेख्दै गर्दा सम्म सो फण्डमा ४४१३ डलर सङ्कलन भईसकेको छ। सहयोग गर्न यो लिङ्कमा क्लिक गर्नु होला।

