भिक्टोरियामा ईस्टरको लामो बिदामा के गर्न सक्दछन् र के गर्न सक्दैनन् भनेर प्रहरी मन्त्री लिसा नेभिले एक प्रेस सम्मेलन गरेर व्याख्या गरेकी छिन्।
भिक्टोरीयाको पछिल्लो तथ्याङ् अनुसार थप सोर्ह वटा कोरोना भाईरसको केस देखिएको छ। भिक्टोरियामा अहिले जम्मा १२२८ कोरोना भाईरसबाट सङ्क्रमण भएको छ।
प्रहरी मन्त्रीले भनेकी छिन् इस्टर फेस्टिभल सम्बन्धमा सुरूवात बिन्दु हो तर घरमै बस्नुहोस्,” “तपाइँको प्राथमिक निवासमा रहनुहोस्।
तपाईहरु छुट्टीमा घर जाने र घरका सदस्यसँग भेट्न सक्नु हुन्छ तर छुट्टीमा घर भाँडामा लिएर वा Airbnb मा गएर बस्न, बोटीङ गर्न र क्याम्पिङ गरेर बस्न सक्नु हुन्न।
कोरोना भाईरसको नियम अन्तर्गत मानिसहरुले चार कारणमा घर छोड्न सक्नेछन्। खाना र आपूर्ति, मेडिकल हेरचाह, व्यायाम र काम वा शिक्षाको लागि मात्र घर छोड्न पाउनेछन्।
महङ्गो र आरामसंगत कार वा मोटरसाइकल ट्रिपहरूपनि नियमको बिरूद्ध छन् तर सीमित समय तालिकामा सार्वजनिक यातायात भने चल्नेछ।

