eNepal

कोभीड १९ को मारमा पर्नु भयो, सहयोग चाहिएमा यी ब्यक्तिलाई सम्पर्क गर्नु होस्

दिदीबहिनी समाज भिक्टोरीयाले हालै भएको कोबीड क्राईसेसलाई मध्यनजर राख्दै अती आवस्यकीय नेपाली बिधार्थीहरुलाई सहयोग दिलाउन पहल गर्ने भएको छ। दिदीबहिनी समाजले एनआरएनए, न्याभ लगाएत अन्य बिभीन्न सँघ सँस्थाका पदाधिकारीहरुसँगको बैठक प्रश्चात हाल गुज्री रहेको अत्यन्त गम्भीर परिस्थीतीमा सबै सँघ, सँस्थासँग हातेमालो गर्दै भिक्टोरीयाका बिभीन्न ठाउँमा युनिट कोअडीनेटर र कार्यकारी सदस्यहरु मार्फत सहयोग गर्ने जानकारी गराएको छ।

आर्थीक रुपले नाजुक स्थितीबाट गुज्रीरहेका भाई बहिनीहरु जसको बर्तमान परिस्थितीले काम खोसीएका छन् , घरबार बिहीनको स्थीतीमा पुगेका छन्, साथीभाई एनि आफन्त कोही पनि नभएकाहरु, नेपालबाट कुनै आर्थीक सहयोग नमिल्नेहरु र कुनै पनि शैक्षिक छात्रबृती नपाएकाहरुलाई दिदी बहिनी समाजले सहयोग गर्ने भएको छ। सहयोग, जानकारी र स्वेमशेवकको लागि भिक्टोरियाका निम्न स्थानमा यी ब्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

क्रेगीबन आसपास बसोबास गर्नेहरुले शोभा पौडेल (0433469343)

मेल्बोर्न सिटी र आसपास बसोबास गर्नेहरुले जमुना पराजुली (0452424800)

ग्लेनरोय र ब्रोडमिडोज आसपास बसोबास गर्नेहरुले अनु पाण्डे (0415461557)

लेलौर र थोमसटाउन आसपास बस्नेहरुले अम्रीता गुरुङ (0421636195)

ईपिङ, दोरीन, मरिण्डा,वोलर्ट आसपास बस्नेहरुले अन्जु अधिकारी (0432100904)

साउथ ईस्टमा रहनेहरुले दुर्गा रेग्मी (0421622370)

ईस्टर्न सवर्वमा रहनु हुनेहरुले निर्मला न्यौपाने (0412843680) र लीना गुभाजु (0412480521)

वेश्टर्न सवर्वमा रहनु हुनेले प्रभा श्रेष्ठ (0435850977)

त्यस्तै जिलोङ र बालाराट आसपास रहनु हुनेले बिमला पोखरेल (0421713561)लाई सम्पर्क गर्न सक्नु हुनेछ। 

यसको साथसाथै थप जानकारी चाहिएमा ईनेपालको [email protected] मा पत्राचार गरेर सम्पर्क गर्न सक्नु हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal