eNepal

नेपालमा रहेका अस्ट्रेलीयनलाई लिएर नेपाली धोजा बाहक हवाईजहाज सिड्नी आउँदै

अस्ट्रेलीयन राजदुताबासले नेपाल एयरलाइन्ससँग आफ्ना नागरिकहरुलाई अस्ट्रेलीया ल्याउन नेपाली धोजाबाहक हवाईजहाजको तयारीको लागि अन्तिम कुराकानी भई रहेको जनाएको छ।

नेपाल एयरलाईन्सको बिमान बुधबार साँझ सिड्नीको लागि उड्ने बताईएको छ।

ईकोनोमी क्लासको लागि १८०० युएस डलर र बिजनेस क्लासको लागि २३०० युएस डलर रकम तय गरिएको पनि जानकारीमा जनाएको छ।

अस्ट्रेलीया आउन ईच्छुक व्यक्तिले BON Travel को साथ आफ्नो रुची दर्ता गर्नु पर्नेछ। त्ससपछि कसरी टिकट लिने सबै जानकारीको साथ ईमेल प्राप्त गर्ने जनाएको छ। बुकीङ भोली ३० मार्चबाट खुल्ला गरिने छ।

अस्ट्रेलियालीहरू जो यस उडान मार्फत अस्ट्रेलीया आउन चाहान्छन् उनीहरुले [email protected] मा सोझै ईमेल गर्न सक्ने छन्।

बुकिङ प्रबन्ध गरिरहेको बोन ट्राभलले सबै टिकटको ब्यबस्थापन गरेको छ। २२० सिट क्षमता रहेको यस उडानमा अहिले ५४ सिटहरु उपलव्ध रहेको पनि बताईएको छ।

यस अघि कतार एयरलाईन्स मार्फत दोहा हुँदै सिड्नी ल्याउने तयारी गरिएको नेपाल स्थित अस्ट्रेलीयन राजदुतावासले जानकारी गराएको थियो जसमा भाडा रकम ४ हजार अष्ट्रेलियन डलर प्रतिव्यक्ति पुगेपछि धरैले गुनासो गरेका थिए।

https://www.facebook.com/1092570300769953/posts/3516767398350219/?d=n

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal