अस्ट्रेलियाका लागि उडान भर्ने हजारौं व्यक्तिहरू आजबाट देश भरिका होटलमा क्वारेन्टाइन सुविधाहरूमा बस्नु पर्ने छ।
विमानस्थलहरूमा अवतरण गरिरहेका यात्रुहरूलाई अब प्रहरीले शहरभरका होटलहरू पठाउन बसमा स्थानान्तरण गरिरहेको छ।
देश भरिका दुई तिहाई केसहरु विदेशी यात्रुहरुबाट आई रहेको र अव यो रोग नफैलीयोस भनेर आवासको व्यबस्था गरिएको हो।
फर्केका यात्रीहरूले राज्यको अनुदान प्राप्त होटल कोठामा १४ दिनसम्म क्वारनटिन बस्न पर्ने छ। राज्य पुलिस, रक्षा कर्मचारी वा निजी सुरक्षा गार्डहरू द्वारा आवास सुरक्षित राखिएको छ।
Photo: Twitter/Zane Bojack

