eNepal

एआरएनए भिक्टोरीयाको कोभीड १९ राहत सहयोग जारी, राहतको लागि यी व्यक्तिलाई सम्पर्क गर्नु होस्

अस्ट्रेलियामा कोभीड १९ का घटनाहरू बढेर ३६०० भन्दा माथि पुगेको छ। गएको हप्ताको व्यापक समुदाय परामर्श पछि एनआरएनए अष्ट्रेलियाले सेल्फ आईसोलेसनमा बसेका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्न सुरु गरेको छ। बिषेश गरेर कोभूड १९को बाट काम फुत्केकाहरु र भर्खर नेपालबाट उच्च शिक्षा हाँसिल गर्न आएका तर सेल्फ आईसोलेसनमा बसेका बिधार्थीहरुलाई केही राहत होस् भनेर  केही रसद र खाद्य पदार्थहरू दिन शुरु गरिसकेको छ। 

भिक्टोरीयाको हकमा पनि यो बिपत्तीमा परेका बिधार्थी भाईबहिनीहरुलाई गएको २३ मार्चबाट लागु हुने गरि खाद्यान्न सहयोग प्रदान गर्दै आएको छ जुन सहयोग तिस दिनको रहनेछ। त्यस्ता सहयोगका लागि योग्य हुन विद्यार्थीहरूले निम्न मापदण्ड पूरा गर्नुपर्दछ –

१: हालसालै आगमन भएको हुनु पर्ने

२: बेरोजगार

३: सेल्फ आईसोलेसनमा बसेको हुनु पर्ने

४: स्थानीय रूपमा कोही पनि नजीकको परिवारबाट सहयोग नभएको

५:  नेपाल दूतावास वा वाणिज्य दूतावासको कार्यालयलाई सूचित गरेको हुनु पर्नेछ

त्यस्तै गरेर अन्य नेपाली समुदायका सदस्यहरूको हकमा गम्भीर आर्थिक कठिनाइ  भई सेल्फ आईसोलेसनमा बसेकाहरुको निमीत्त पन्द्र दिनको लागि खाद्यान्न प्रदानको व्यबस्था गरेको छ।

यदि तपाई माथीका मापदण्ड भित्र पर्नु हुन्छ र राहतको खोजीमा हुनुहुन्छ भने निम्न ठाउँका लागि यी व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

मेल्बोर्नको पश्चिम साईडहरु सनसाईन, फुट्सक्रे, वेरेवी, सेन्ट अल्बान्स, हुपरक्रसिङ, टार्नेट लगाएत अन्य बिभीन्न स्थानमा बस्नेका लागि एनआरएनए भिक्टोरीया सेक्रेटरी नारायण कटुवाल (0401193301), कोषाध्यक्ष हरी पण्डित र सदस्य तीलक सापकोटालाई सम्पर्क गर्न सक्नु हुनेछ। 

मेल्बोर्नको उत्तर क्षेत्रहरु क्रेगीबन, अप्फील्ड लगाएतका ठाउँमा बसोबास गर्नेहरुले भिक्टेरीया कोअडीनेटर प्रेम कँडेल ( 0430069198 ), एनसीसी मेम्बर हरी खड्का र माधुरी मास्केलाई सम्पर्क गर्न सक्नु हुनेछ। 

त्यस्तै ग्लेनरोय र फक्नर आसपास बस्नेहरुले एनसीसी सदस्य हेम दुलाल, सह सचीव नरेश रावल, गणेश कँडेल, नारी निकुण्ज भिक्टोरीया कोअडीनेर काजल किरण (04117444483)मा सम्पर्क गर्न सक्नु हुनेछ।

मेल्बोर्नको पुर्वीय भागमा महेन्द्र घिमीरे (0404904024), गणेश भण्डारी र प्रेम सापकोटालाई सम्पर्क गर्न सक्नु हुनेछ।

लेलौर, रिजर्भवेर र कोबर्ग क्षेत्रको लागि युथ कोअडीनेटर बवीन मिश्र (0432265556), बिश्व गौडेल,मनिष नेपाल लामिछानेलाई सम्पर्क गर्न सक्नु हुनेछ।

खाध्यन्न महालक्ष्मी ग्रोसरीले उपलब्ध गराएको र छिटैनै कोवीड १९ भिक्टोरीया टाक्स रेस्पोन्स टीम गठन गरेर यो सेवालाई अझ बढि प्रभावकारी ढङ्गले अगाडी लैजाने एनआरएनए भिक्टोरीया सचीव नारायण कटुवालले बताउनु भएको छ।यो टिममा सबै सँघ सँस्था,सुमुदायका लीडरहरु, कन्सुलेटको कार्यलय, नेपाल पर्यटन बोर्ड, मिडीया , एनआरएनए भिक्टोरीया टीम र न्याभ रहनेछन्। यो टाक्सफोर्सको सँयोजक भिक्टोरीया कोअडीनेटर प्रेम कँडेलले गर्नु हुनेछ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal