eNepal

दिदीबहिनी समाज भिक्टोरीयाले अती आवस्यकीय नेपाली बिधार्थीहरुलाई सहयोग दिलाउन पहल गर्ने

दिदीबहिनी समाज भिक्टोरीयाले हालै भएको कोबीड क्राईसेसलाई मध्यनजर राख्दै अती आवस्यकीय नेपाली बिधार्थीहरुलाई सहयोग दिलाउन पहल गर्ने निर्णय गरेको छ। त्यस्तै आवस्यकिय बिधार्थीहरुलाई सहयोग गरी दिनको लागि सम्पुर्ण सहयोगी मन भएका व्यक्ति बिषेश, सँघ, सँस्था सबैलाई दिदीबहिनी समाजले आबहान पनि गरेको छ। यस्तो बिषम परिस्थीतिमा गाँस, बास या अन्य सहयोग जे सकिन्छ त्यो सहयोग गर्न आग्रह गरिएको छ। यसको लागि केही स्वयमसेवकहरु प्रायोजकको लागि तयार समेत रहनु भएको सँस्थाकी उपाध्यक्ष प्रभा श्रेष्ठले बताउनु भयो।

कोरोना भाईरस (कोभिड १९) को प्रभाव हालसालै उच्च शिक्षा हाँसील गर्न अस्ट्रेलीया भित्रीएका नयाँ बिधार्थी भाई बहिनीहरुमा बढ्दो रुपमा देखिएको छ। न कामको निश्चितता छ न स्थाई बसोबासको नै।

आर्थीक रुपले नाजुक स्थितीबाट गुज्रीरहेका भाई बहिनीहरु जसको बर्तमान परिस्थितीले काम खोसीएका छन् , घरबार बिहीनको स्थीतीमा पुगेका छन्, साथीभाई एनि आफन्त कोही पनि नभएकाहरु, नेपालबाट कुनै आर्थीक सहयोग नमिल्नेहरु र कुनै पनि शैक्षिक छात्रबृती नपाएकाहरुलाई दिदी बहिनी समाजले सहयोग गर्ने जनाएको छ। सहयोगको लागि माथी उल्लेखित मापदण्ड पुरा हुनुपर्नेछ।

यदि माथी उल्लेखित मापदण्ड पुरा भएको खण्डमा दिदी बहिनी समाजले अन्य समुदायसँग सहकार्य गर्दै चार देखि छ हप्ता सम्म पारिवारीक अतीथीका रुपमा आफ्नो घरमा बासस्थान दिने र स्थानिय अनुभवी सल्लाहाकारबाट सामाजिक र मनोवैज्ञानिक परामर्षका साथसाथै स्थानिय नेटवोर्कसँग परामर्ष गरेर जिवनलाई कसरी सहजता बनाउने बारे जानकारी गराउने भएको छ।

यस कार्यको लागि भिक्टोरीयाका बिभीन्न ठाउँमा गठन भएका दिदीबहिनी समाजका सवकमिटीहरुसँग सहकार्य गर्ने छ।

सबैको सहजताको लागि तलको लिङ्कमा आफ्नो पुर्ण बिवरण राखेर पठाउन आग्रह गर्दै दिदीबहिनी समाज भिक्टोरीयाले सबै जानकारी गोप्य राखिने समेत जानकारी गराउँदै सकेसम्म सबैलाई सहयोग गर्ने तर सहयोगी हातहरुको निर्भर र स्वयम्सेवक प्रायोजकहरूको उपलब्धतामा आधारित रहने पनि प्रस्ट पारेको छ। 

https://docs.google.com/forms/d/e/1FAIpQLSekbuwa7tpW1Gg8XkoJKJXb1VBKRijpUoIaX2BA59FKP4ntdQ/viewform

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal