सोमबार दिउँसोदेखि अष्ट्रेलिया इतिहासकै नयाँ युगमा प्रवेश गरेको छ। व्यावासायहरु लगभग बन्द रहेका छन्। कोरोना भाइरसको विस्तार सुस्त बनाउन घरमै बस्न सरकारले आग्रह गरेको छ।यस्तो बेला मानिसलाई के गर्न हुने र के गर्न नहुने बारे कुरामा अलमल्लमा परेको हुन सक्छ।
त्यस्तै
तपाईंका मनमा लागेका केही उत्तरहरूको चिरोफारो यो लेखले गर्न सक्छ।
यो लेख सोमबार, २३ मार्चमा राज्य र संघीय नेताहरूले दिएको जानकारीमा आधारित छ।
यो समयमा यी व्यवसाय खुला रहेका छन्?
मुख्य खुद्रा विक्रेताहरू र डिपार्टमेन्ट स्टोरहरू सहित अधिकांश व्यवसायहरू सञ्चालन गर्न जारी राख्न सक्दछन् यदि तिनीहरू सामाजिक-दूरी मार्ग निर्देशनहरूको पालना गरेको खण्डमा।
त्यस्तै
क्याफेहरू र रेस्टुरेन्टहरू सञ्चालन गर्न पाउनेछन् तर मात्र टेकवे र डेलिभरी सेवाहरू प्रदान गर्न पर्ने छ।होटलहरूलाई भने आवासको अनुमति दिइएको छ।
निम्न व्यबसायहरु भने समुदाएको लागि अत्यावस्यक रहको कारण खुल्ला गरिएको छ।सुपरमार्केट, बैंक,पेट्रोल स्टेशन, फार्मेसी, ,सुविधा स्टोर, ढुवानी,खाना डेलीभरी र बोतल पसलहरु खुल्ला रहेका छन्।
यदि व्यबसाय सन्चालन गर्ने हो भने सबै व्यवसायहरूले सामाजिक-दूरी मान्छे मान्छेमा १.५ मी टाढा निर्देशन पालना गर्नै पर्छ र घर भित्र १०० भन्दा बढी व्यक्तिको भेला हुनु हुँदैन।
कार्यलयमा काम गर्ने हरुले सकेसम्म घरबाटै आफ्नो काम गर्न पनि आग्रह गरिएको छ।
सोमबार दिउँसोबाट लागु हुने गरि प्रधानमन्त्री स्कट मोरीसनले पब, क्लब, सिनेमा, क्यासिनो, नाइटक्लब, भित्र पूजा गर्ने ठाउँ, जिम, भित्री खेल खेल्ने ठाउँहरु बन्द गर्न निर्देशन दिई सकेको छ।
Photo Source: Eat2Save

