कोरोना भाईरस सङ्क्रमणबाट ईटलीको अवस्था भयावह बन्दै गएको छ।ईटलीमा कोरोना भाईरसका कारण मृत्यु हुनेको सँख्या तिव्ररुपमा बढेको छ।
पछिल्लो जानकारी अनुसार ईटलीमा २६०० भन्दा बढी चिकित्सा कामदारहरु कोरोना भाईरस सङ्क्रमित भई सकेका छन् जुन कुल घटनाको ८.३ प्रतिशत हो।
स्वास्थ्य फाउण्डेसनको तथ्याङ्कले जनाए अनुसार यो चाईनाको भन्दा पनि दुई गुणाले बढी हो।
गएको आठ दिनमा मात्रै यो सङ्ख्या १५०० ले बढेको हो।
ईटलीमा ४२०७ जनामा कोरोना सङ्क्रमण देखीएको छ भने हिजो मात्रै ४७५ नयाँ मृत्युको रेकर्ड आएको छ।
Photo Source: Bloomberg

