भिक्टोरियाका प्रिमियर डानियल एन्ड्रयूजले कोरोना भाइरसको सङ्क्रण फैलीनबाट रोक्न राज्य सरकारले चार हप्ताको लागि आपतकालिन अवस्था घोषणा गरेको जानकारी गराउनु भएको छ।
पाँच सय भन्दा बढिको भेलालाई तत्काल रोक लगाउँदै यदि सार्वजनिक स्वास्थ्य आदेशको पालन गर्न अस्विकार गर्न खोजे बिस हजार डलर जरीवाना लगाईने बताईएको छ।
बिदेशबाट यहाँ आउनेले चौध दिन सम्म अलग्गै बस्न पर्ने छ र अलग्गै बसेका व्यक्तिहरुलाई पुलीसले स्पट चेक पनि लिन सक्ने जनाएको छ।
बिधालयहरु खोल्ने वा बन्द गर्ने बिषयमा सोमबार र मङ्गलबार राजधानी क्यानबेरामा मुख्य स्वास्थ्य अधिकारीहरुसँगको बिशेष बैठक पछि थाहा हुने पनि जानकारी गराईएको छ।
Photo Source: AAP

