न्युसाउथ वेल्सको एक नर्सिङ होममा बस्दै आएकी एक बृद्धको मृत्यु भएको न्युसाउथ वेल्स स्वास्थ्य बिभागले आज साँझ पुष्टि गरेको छ।
नब्ब बर्ष उमेरकी ती बृद्ध डोरोथी हेंडरसन लजमा बस्दै आएकी थिईन् जहाँ पचास बर्षे वृद्ध हेरचाह गर्ने नर्स र थुप्रै बासिन्दालाई कोभीड १९ भएको पुष्टि भएको छ।
व्याप्टिस्ट केयर सुबीधामा सो भाईरसबाट मृत्यु हुने उनी तेस्रो निबासी हुन्।

