eNepal

प्रमुख सुपरमार्केटमा अन्तर्राष्ट्रिय विद्यार्थीले २० घण्टा बढी काम गर्न पाउने!

अष्ट्रेलियामा कोरोना भाईरसको सन्त्रास फैलिँदै जाँदा उत्पन्न भएको विशेष परिस्थितिमा सुपर मार्केटहरुमा काम गर्ने विद्यार्थीहरुले साताको २० घण्टाभन्दाबढी काम गर्न पाउने नयाँ व्यवस्था गरिएको अध्यागमन, नागरिकता तथा बहुसंस्कृति मन्त्री एलन टजले सुपर मार्केटहरुमा कर्मचारीको कमी हुन नदिनयस्तो व्यवस्था ल्याएको जनाएका हुन्

यो व्यवस्था वूलवर्थस्, कोल्स लगायतका प्रमुख सुपर मार्केटहरूको हकमा मात्र लागू हुनेछ भने अतिरिक्त घण्टा काम गर्न पाउने कर्मचारीहरू पनि पहिलेदेखि नै सोही स्थानमा कार्यरत हुनु पर्नेछ।तर अन्य सुपर मार्केटहरूले पनि यस्तो व्यवस्थाले आफूलाई सहयोग गर्ने पाएमा विभागमा सम्पर्क गर्न सक्नेछन्।

उनीहरूले अस्ट्रेलियाली उपभोक्ताहरूको सेवाका लागी सुपर मार्केटमा सामाग्रीहरू भर्ने कामका लागी अस्ट्रेलियाली कामदारहरूका साथै अन्तर्राष्ट्रियविद्यार्थीहरूलाई पनि थप समय काम दिइन जरुरी रहेको बताएको विज्ञप्तिमा जनाइएको छ।तर यो व्यवस्था केही समयका लागी मात्र लागू हुने मन्त्रीटजले बताएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal