eNepal

चितवन समाज भिक्टोरीयाद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख पचास हजार रुपयाँ सहयोग

चितवन समाज भिक्टोरीया अस्ट्रेलीयाले आज एक बिशेष कार्यक्रमका बिच जनस्तरबाट चितवनको भरतपुर महानगरपालिका–१६ रामपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानलाई सहयोग गर्दै धुर्मुस सुन्तली फाउण्डेसन मार्फत एकलाख पचास हजार रुपयाँ सहयोग गरेको छ।

आज बिशेष कार्यक्रममा चितवन समाजका अध्यक्ष आत्मा रिजालले धुर्मुस उर्फ सिताराम कट्टेल र सुन्तली उर्फ कुन्जना घिमीरेलाई चेक हस्तान्तरण गर्नु भएको हो।

हस्तान्तरण पछि रङ्गशालाको निरीक्षण गर्दै बन्दै गरेको क्रिकेट रङ्गशालाका कामहरु सन्तोषजनक पाएको धारणा व्यक्त गर्नु भयो।

कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि रंगशाला निर्माणको घोषणा भएको थियो ।

अन्तर्राष्ट्रियस्तरको पच्चिस हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशाला भित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि रहने छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal