eNepal

कोरोना भाईरसको सन्त्रासका कारण मेल्बोर्नका प्राय कार्यक्रमहरु धमाधम स्थगित हुँदै

कोरोना भाइरस (कोभिड १९)को सन्त्रास अनि यसबाट हुन सक्ने संक्रमणका कारण मेल्बोर्नको नेपाली समुदाएबाट आयोजना गर्न लागिएका पूर्व घोषीत कार्यक्रमहरु धमाधम स्थगन भएका छन्।

मधेसी समदाएले हरेक बर्ष आयोजना गर्दै आएको होली कार्यक्रम कोरोना भाईरसको सन्त्रासको कारण कार्यक्रम हुन एकदिन अगाडी स्थगन भएको जानकारी गरायो भने सुदुर पश्चिम नेप्लिज समुदाएले गर्ने भनेको होली कार्यक्रमहरु स्थगन गरिएको छ। 

त्यस्तै गरेरे मेल्बोर्न साहित्य मण्चले यहि २२ मार्चमा आयोजना गर्न लागेको बृहत रचना बाचन पनि स्थगन भएको छ।

मेल्बोर्नको लोकप्रीय ईभेन्ट मध्य एक मानिएको मो:मो फेस्ट पनि जनताको स्वास्थ्य पहिलो प्राथमिकता जनाउँदै तत्कालका लागि स्थगन गरेको छ। सोलाङ्चरले हरेक बर्ष आयोजना गर्ने मो:मो फेस्टीभल नेपाली समुदाएमा मात्र नभएर अन्य समुदाए माँझ पनि निकै लोकप्रीय फेस्टीभलको रुपमा लिने गरिएको छ। यसको लोकप्रियता चुलिएसँगै यो बर्ष मो:मो फेस्टीभल सिड्नी र ब्रिस्बेनमा आयोजना हुने भएको थियो तर कोरोना भाईरसको सङक्रमणको त्रासको कारण तिनै ठाउँमा स्थगीत गरिएको सोलाङ्चरले आफ्नो अफिसीयल पेज मार्फत जानकारी गराएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal