eNepal

अत्यावश्यक अवस्थामा बाहेक देशभित्र वा बाहिर यात्रा नगर्न नेपाली राजदूतावास क्यानबेराको आग्रह

केही समयदेखि विश्वका अधिकांश मुलुकहरूमा कोरोना भाइरस (COVID-19) बाट सङ्क्रमित/प्रभावित हुनेको सङ्ख्या बढिरहेको र अष्ट्रेलियामा पनि यसबाट केही व्यक्तिहरू सङ्क्रमित भएको र केहीको निधनसमेत भएको विदितै छ । यस सन्दर्भमा यस राजदूतावास अष्ट्रेलिया, न्युजिल्याण्डलगायत प्रशान्त क्षेत्रमा बसोबास गर्नुहुने नेपाली समुदायमा उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । साथै, अष्ट्रेलिया सरकार र नेपाल सरकारले समेत कोरोना भाइरसबाट सुरक्षित रहन सन्देश जारी गरेको सन्दर्भमा देहायबमोजिमको सतर्कता अपनाउनुहुन समेत यस राजदूतावास हार्दिक अनुरोध गरेको छ।

१) सङ्क्रमित बिरामीको सम्पर्कमा नआउने ।

२) स्थानीय सरकारका Health Authorities बाट जारी भएको निर्देशन समेतलाई मनन गरी अत्यावश्यक काम परेमा बाहेक भीडभाडमा नजाने र सकेसम्म भीडभाड हुने प्रकृतिका कार्यक्रमहरू आयोजना नगर्ने ।

३) सार्वजनिक यातायातका साधनहरूमा यात्रा गर्दा सुरक्षित मास्कको प्रयोग गर्ने ।

४) हाच्छिउँ गर्दा वा खोकी लाग्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने । फोहोर हातले नाक, मुख र आँखा नछुने । पटक पटक साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने।

५) सम्भव भएसम्म हात नमिलाउने, अङ्कमाल नगर्ने ।

६) अधिकृत वारिसनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयम् उपस्थित भई सहीछाप गरिदिनुपर्ने कामका लागि बाहेक अन्य सेवाका लागि आफू नआई द्रुत मेल (हुलाक) मार्फत् कागजातहरू पठाउने ।

७) रुघा, खोकी, ज्वरोजस्ता समस्या देखा परेमा तत्काल नजिकको स्वास्थ्य केन्द्रमा वा आ-आफ्नो state or territory health authority (https://www.health.gov.au/about-us/contact-us/local-state-and-territory-health-departments) मा सम्पर्क गर्ने ।

८) अत्यावश्यक अवस्थामा बाहेक देशभित्र वा बाहिर यात्रा नगर्ने ।

यसैबीच हालै नेपालबाट अष्ट्रेलियाको होबार्ट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले हाल निजको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको र निजको अवस्था सामान्य एवम् सुधारोन्मुख रहेको जानकारी उक्त अस्पतालबाट प्राप्त भएको छ । यस विषयमा राजदूतावासले नेपाली सोसाइटी अफ तास्मानिया र गैरआवासीय नेपाली सङ्घ, तास्मानियासँग आवश्यक समन्वय गरिरहेको छ । निजको बारेमा विभिन्न सामाजिक सञ्जालमा आएका टीकाटिप्पणी तथा अनलाइन पत्रपत्रिकाका समाचारले निजलाई मनोवैज्ञानिक असर पार्न सक्ने तथा निजको व्यक्तिगत र पारिवारिक गोपनियतासमेत भङ्ग हुनसक्ने भएकोले त्यसप्रकारको टीकाटिप्पणी वा समाचार सम्प्रेषण नगरिदिनुहुन यस राजदूतावास अनुरोध गर्दछ । साथै, तास्मानियालगायत अष्ट्रेलियाको विभिन्न स्थानमा रहनुभएका सम्पूर्ण नेपाली समुदायमा संयमित एवम् सतर्क रहुनुहुन समेत राजदूतावास हार्दिक अपिल गरेको छ ।  

https://www.facebook.com/424247651246106/posts/1094904927513705/?d=n

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal