eNepal

दिदीबहिनी समाज भिक्टोरीयाले यसरी मनायो अन्तररास्ट्रीय नारी दिवस

दिदीबहिनी समाज भिक्टोरीयाले अन्तररास्ट्रिय नारी दिवसको अवसर पारेर हिजो ७ मार्चका दिन ग्लेनरोयको युनाईटिङ चर्च हलमा बिबीध कार्यक्रमहरु आयोजना गर्दै सम्पन्न गरेको छ।

Celebrating “Each for equal” मुल नाराको साथमा आयोजना गरिएको कार्यक्रममा Be safe project” launch, DVSV Unit committee endorsement, Jumba dance, Oral health Talk का साथसाथै अभिभावकका अनुभब साटासाट गरिएको थियो।

दिदी बहिनी समाज भिक्टोरीयाकी सचीव शोभा लम्सालको स्वागत मन्तव्यबाट शुरुवात भएको कार्यक्रममा DBSV की कार्यकारी सदस्य बर्षा केसी राज भण्डारीले “दियो” कबिता बाचन गर्नु भएको थियो।

समाजकी अध्यक्ष जमुना पराजुलीले अन्तरास्ट्रिय नारी दिवश #EachForEqual बारे संक्षिप्त जानकारी गराउँदै दिदीबहिनी समाज भिक्टोरीयाले भिक्टोरीयाका बिभीन्न ठाउँमा दशवटा युनिट कमिटी गठन गरिएको साथै स्थानिय सँस्थाहरुसँग साझेदारी र सहकार्य गर्दै समाजलाई थप बिस्तार गर्दै अगाडी बढ्ने जानकारी गराउँदै सबैलाई साथ र सहयोग गर्न आग्रह गर्नु भयो।

त्यस्तै कार्यक्रमको Unit Committee Endorsement अन्जना नेपालबाट गरिएको थियो भने होपर क्रसिङ डेन्टल सर्भिसकी डा. सरोजिनी श्रेष्ठले Oral Health सम्बन्धी जानकारी गराउनु भएको थियो।

समाजकी कोषाध्यक्ष बेन्जु ज्ञाँवली, सह सचीव स्मृती घिमीरे, कार्यकारी सदस्य रुची गौतमबाट दिदी बहिनी समाज भिक्टोरीयाले गर्न लागेको “Be Safe Program” को बारे जानकारी गराईएको थियो। बिशेष गरेर नयाँ आएका बिधार्थी भाईबहिनीहरुलाई लक्ष्क्षीत गरेर आयोजना गर्न लागिएको यो कार्यक्रमबाट शुरुवाती दिनमा अस्ट्रेलीयामा  आउँदा थाहा पाउनु पर्ने आफ्नो अधिकार र दायित्वहरु, संचार कौशल सम्बन्धी जानकारी, मानसिक रुपमा कसरी मजबुत बन्न सकिन्छ, आफ्नो हेरबिचार कसरि गर्न सकिन्छ लगाएत अन्य विवीध जानकारी मुलक कार्यक्रमहरु गर्ने योजना रहेको जानकारी गराउनु भएको थियो।लैङ्गीक असमानताको बारे बोल्दै दिदीबहिनी समाज भिक्टोरीया मेल्वोर्न वेस्ट युनिट कोअडीनेटर रोशनी श्रेस्ठले यस बिषय नेपालमा मात्रै नभएर बिदेशमा उत्तीकै मात्रामा रहको र  बेलैमा आबाज ननिकाल्ने हो भने यो महिला र पुरुष बिचको मात्र समस्या नभएर राष्ट्रको समस्या बन्ने र यसले दिर्घकालीन रुपमा आर्थिक, सामाजिक, राजनितीक रुपमै असर पर्ने कुरा व्यक्त गर्नु भयो।

दिदीबहिनी समाज क्रेगीवन युनीटले “पारिवारिक हिंसा” सम्बन्धी चेतना मुलक नाटक मण्चन गरेको थियो जसलाई समाजकी कार्यकारी सदस्य संजना श्रेष्ठले लेखेकी थिईन् भने शोभा पौडेल, अश्मी, अपेक्षा शर्मा रेग्मी र पार्वती पहरीको अभिनय रहेको थियो।त्यस्तै गरेरे अपेक्षा शर्मा रेग्मी, ईश्वरी शर्मा, रमा ढकाल र मनिषा पौडेल  कोईरालाले आफ्नो अनुभव साट्नु भएको थियो भने पार्वती पहरीले कविता बाचन गर्नु भएको थियो। 

नर्दन कम्युनिटी लिगल सेन्टरसँगको सहकार्यमा दिदीबहिनी समाज भिक्टोरीयाले आयोजना गरेका कार्यक्रमहरुको बारे उक्त सेन्टरकी संयोजक संजना श्रेष्ठले जानकारी गराउनु भएको थियो। केही हप्ता अगाडी मात्र क्रेगीबन लाईब्रेरीमा दिदी बहिनी समाज, नर्दन कम्युनिटी लिगल सेन्टर र ह्युम लाब्रेरी क्रेगीबनको संयुक्त प्रयासमा क्रेगीवन नेपाली जुनियर लाईब्रेरी स्थापना गरिएको छ।

कार्यक्रममा अभिभावकहरुको तर्फबाट दिदीबहिनी समाज वेस्ट अभिवाबक समुहकी सदस्य सरस्वती खनाल पौडेल, संयोजक भिम न्यौपाने र गीता क्षेत्रीले लैङ्गीक समानताका बारे पहिला र अहिलेमा के फरक छ भन्ने आफ्ना बिचार र भनाईहरु राख्नु भएको थियो। 

कार्यक्रममा एनआरएनए भिक्टोरीया कोअडीनेटर प्रेम कन्डेल, एनआरएन न्यु साउथवेल्सका उपाध्यक्ष देव गुरुङ लगाएत अन्य बिभीन्न सँघ सँस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal