eNepal

भोली मेल्बोर्नमा मधेशी समुदाएले आयोजना गर्न लागेको फागुवा (होली) स्थगित

भिक्टोरीयाको मधेसी समुदाएले हरेक बर्ष मनाउँदै आएको होली यानिकी फागुवा बिशेष कारण जनाउँदै स्थगित गरेको छ। भोली ७ मार्च दिउँसो ११ देखी ३ बजे सम्म मेल्बोर्नको कोबर्ग लेक रिजर्ब पार्कमा  “Celebrate Multicultural Harmony” भन्ने स्लोगनका साथ भव्य तयारीमा रहेको मधेसी समुदाएले अन्तिममा आएर स्थगन गरेको हो।

कोरोना भाईरसको सन्त्रास अनि परिबर्तित मौसमको कारण जनाउँदै पहिलो प्राथमिकता सदैब ब्यक्तिको स्वास्थ्य हुने हुँदा यस्तो बिध्यमान परिस्थितीमा स्थगित गर्नुको अर्को कुनै बिकल्प नरहेको भन्दै छिट्टैनै अर्को मिती तय गरेर पुनः होली कार्यक्रम आयोजन गर्ने आयोजकले जनाएको छ।

यस पर्वलाई भव्य रुपमा मनाउन सन्जीव कानु र धिरेन्द्र यादव सहित भिक्टोरीयाको मधेसी समुदाए (MCV)का उपाध्यक्ष गोपाल शाहको संयोजकत्वमा बिशेष कार्य टोली तय गरेर लगभग अन्तिम चरणमा पुगेर स्थगन गर्नु पर्दा केही खल्लो महसुस भएको बताउँदै एमसिभीका अध्यक्ष डा. सुरेन्द्र रौनियार सबै कुराले साथ दिए अप्रिलको दोश्रो हप्ता सम्ममा पुन: मनाउने जानकारी गराउनु भयो। 

https://www.facebook.com/100008395054142/posts/2639803529642790/?d=n

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal